लण्डन २ जनवरी २०२४ ।

बेलायतबाट प्रकाशन हुँदै आइरहेको नेपाली भाषाको अनलाइन वीनेपाली डटकमको सहसम्पादकमा प्रमिला लाबुङ राई नियुक्त भएकी छन् ।
वीनेपाली डटकम व्यवस्थापनले जनवरी १ तारिखदेखि लागू हुने गरी सो निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातक र बेलायतबाट डेन्टल नर्सिङमा न्याशनल डिप्लोमासम्म अध्ययन गरेकी राईसित बेलायतको नेपाली समुदायको कम्युनिटी रेडियो ‘रेडियो बीजीडब्ल्यूएस’मा कार्यक्रम प्रस्तोता, समाचार संकलन, सम्पादन र व्यवस्थापनको लामो अनुभव छ ।
उनले सन् २०१२ देखि २०१९ सम्म सो रेडियोमा ‘व्यक्ति व्यक्तित्व’ र ‘दैनिक समाचार मन्च’ कार्यक्रम सन्चालन गरेकी थिइन् । यसका साथै सयौँ व्यक्तित्वहरुसित अन्तर्वार्ता र कैयौँ इभेन्टबाट लाइभ रिपोर्टिङ समेत गरेकी छन् ।
इलाम सुर्योदय नगरपालिका, शान्ति बजार समालबुङमा जन्मिएकी राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज युकेको पूर्व अध्यक्ष साथै नेपाल पत्रकार महासंघ युके शाखाको उपाध्यक्ष पनि हुन् ।
यसका साथै अरु थुप्रै सामाजिक संस्थाहरूमा पनि उनि आवद्ध छिन् ।






