मगर संघ युके युएचएसबी शाखाले पितृपूजा गरेर माघे संक्रान्ति मनायो

SHARE:


१३ जनवरी २०२४ – बेलायत । मगर संघ युके, युनाइटेड हाम्सायर, सरे, बक्सायर (युएचएसबी) शाखाले बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा पितृ पूजा गरेर माघे संक्रान्ति मनाएको छ ।

माघे संक्रान्ति कार्यक्रमको पहिलो चरणमा उपस्थित मगर तथा गैर मगरहरुले सामूहिक रुपमा पितृपूजा गरेका थिए। पितृ पूजाको संयोजन ओम थापा काउचाले गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा आपतकालीन अवस्थासम्बन्धी सूचना, आशन ग्रहण, दिप प्रज्वलन, नेपाली राष्ट्रिय गीत, मगर राष्ट्रिय गीत २ मिनेट मौनधारण गरेर औपचारिक कार्यक्रमको थालनी गरिएको थियो ।

कार्यक्रमको तेस्रो चरणमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा युएचएसबी शाखाको निमन्त्रणामा नेपालबाट बेलायत आएकी चर्चित गायिका मुना थापा मगरले दर्शकलाई भरपुर मनोरन्जन दिएकी थिइन् त्यस्तै क्याप्टेन बिर बहादुर थापा मगर र सन्तोष पुन मगरले आ-आफ्नो प्रस्तुति दिएका थिए। सांकृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले मगरहरुको ठेट नृत्यहरु कौरा नाच, थाली नाच, सालैजो नाचलगायत प्रस्तुत गरेका थिए। कार्यक्रममा गुल्मी नौमती बाजा युकेले दर्शकलाई मनोरन्जन दिँदै आफ्नो जिम्मेवारी निभाएको थियो ।

पहिलो चरणको औपोचारिक कार्यक्रम युएचएसबी शाखाका सचिव गणेश बुढाथोकी मगरले संचालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम दिनेश रोकामगर र जनिका पुनमगरले संचालन गएका थिए ।

मगर संघ युके युएचएसबी शाखाका अध्यक्ष ऋषिराम रानाले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष सिता पुन थिइन् भने विशेष अतिथिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगर र ब्रिटिस बोर्डकास्टिङ्ग सर्भिस (बीबीसी) को सर्वेक्षणअनुसार विश्वका एकसय प्रभावशाली महिलामध्ये छनोटमा परेकी समाजसेवी सपना रोका मगरलाई आमन्त्रण गरिएको थियो ।

माघे संक्रान्तिको स्वागत मन्तव्य युएचएसबी शाखाका उपाध्यक्ष तथा माघे संक्रान्ति कार्यक्रम संयोजक बिर बलालले दिएका थिए भने प्रमुख अतिथि, विशेष अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

अध्यक्ष ऋषिराम राना मगरले माघे संक्रान्ति कार्यक्रम सफल बनाउन सहयोग तथा जिम्मेवारी बहन गर्ने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिएका थिए।

माघे संक्रान्ति मनाउन मगर संघ युकेका निवर्तमान अध्यक्षहरु, पदाधिकारीहरु, सल्लाहकारहरुलगायत झन्डै चार सय नेपालीहरुको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!