स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेको १, ७५२ पाउण्ड आर्थिक सहयोग

SHARE:

लन्डन १६ जनवरी २०२४ ।

बेलायत पढ्न आएको चार दिनमै निधन भएकी स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष प्रेम गाहामगरले अल्डरसटस्थित एनआरएनए यूके कार्यालयमा आइतबार कमलाका श्रीमान निरज गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । अध्यक्ष गाहामगरले स्वर्गीय कमलाको परिवारका लागि आर्थिक सहयोग गर्ने सबै दाताहरुप्रति आभार व्यक्त गरे ।

गाहामगरले प्राकृतिक विपत्ति वा मानवीय घट्ना हुंदा बेलायतमा झण्डै ३३४ नेपाली संघसंस्था भएका र तिनले जनही १०० पाउण्डमात्र सहयोग गरे भने पनि ३३ हजार ४०० पाउण्ड संकलन हुने भएकाले सबैको एकीकृत पहल आवश्यक हुने बताए ।

उनले केही महिनाअघि बेलायतमै दिवंगत विद्यार्थी सदीक्षा तामाङको परिवारका लागि उठाइएको १० हजार ५०० पाउण्ड चन्दा सुनिलबाबु खड्काले रोकेर हस्तान्तरण हुन नसकेको भन्दै मानवीय र सामाजिक कार्यमा राजनीति नगर्न आग्रह पनि गरे ।

कमलाका श्रीमान निरजले आफूहरुलाई परेको अप्ठेरो समयमा बेलायतस्थित नेपाली समुदायबाट प्राप्त सहयोगका लागि सबैमा कृतज्ञता व्यक्त गरेका थिए । उनले अध्यक्ष गाहामगरले लिड गरेर अप्रत्यासित चन्दा संकलन भएको भन्दै खुशी पनि व्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष अनिल मल्ल, आइसीसी सदस्य सुमन पुन, आइसीसी सदस्य शारदा गुरुङ, सदस्य तारा गर्बुजा मगर र निरजका भिनाजु रोइन्द्र गुरुङ उपस्थित थिए ।

स्वर्गीय गुरुङको परिवारलाई एनआरएनए यूकेबाहेक कोल्मा बहाकोट समाज यूके, तमु समाज यूके, स्याङ्जा समाज यूके, ग्रेटर रेडिङ नेपलिज सोसाइटी लगायत कयौं संघसंस्था तथा व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।

आइतबार कोल्मा बहाकोट समाज यूकेको नेतृत्वमा विभिन्न संघसंस्थाबाट संकलित ४४, ८३० पाउण्डमध्ये झण्डै ६ हजार पाउण्ड खर्च कटाएर बांकी रकम कमलाका श्रीमान निरजलाई हस्तान्तरण गरिएको छ ।

नेपालमा गण्डकी प्रदेश, स्याङ्जा बिरुवा गाउँपालिका– ४ ओरस्टे गाउँ निवासी कमला उच्चशिक्षा हासिल गर्ने सुन्दर सपना सांचेर बेलायत आएको केही दिनमै बिरामी परिन् । तर, दुर्भाग्य उपचारका क्रममा गत डिसेम्बर ३ तारिख रेडिङस्थित रोयल बर्कसायर अस्पतालमा उनको निधन भएको थियो

स्वर्गीय कमलाको गुरुङ संस्कार अनुसार गत २७ डिसेम्बर बुधबार रेडिङस्थित क्याभरसम क्रिमेटोरियममा अन्त्येष्टि भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!