पोखरा १७ जनवरी २०२४ ।

बेलायतमा जन्मिएका कर्णेल जे.पी.क्रस।लाई पोखरामा सम्मान गरिएको छ ।
जोह फिलिप क्रस यहाँ ‘जेपी क्रस’ नामले परिचित छन् । आजभन्दा १०० वर्षअघि उनको जन्म भएको हो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सुरु चौंथो टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन अवसरमा उनलाई आयोजकले विशेष सम्मान गरेको हो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई शिक्षा, स्वास्थ्य, खेलकुद गरी सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरे । १७ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका उनी दोस्रो विश्वयुद्धमा बर्मामा लडेका थिए ।
२००३ सालमा तत्कालीन प्रधानमन्त्री पदमशमशेर जबराको निम्तोमा नेपाल आएका उनी २०३२ सालदेखि भने निरन्तर नेपाल ९पोखरा० मै छन् ।त्रिविमा भाषा र विज्ञान सम्बन्धी सहायक प्रअको रुपमा ४८ महिना सेवा गरेका उनलाई त्रिविले नेपाली विषयमा आलंकारिक विद्यावारिक उपाधि समेत दिएको थियो । २०४२ सालमा तत्कालीन राजा वीरेन्द्रले घरजग्गासहित स्थायी बसोबसको लागि तेस्रो मुलुकको पहिलो व्यक्तिको रुपमा सहयोग गरेका थिए । उनलाई एसियामा ९ देशका राष्ट्र भाषाको ज्ञान छ ।
उनले वार्षिकरुपमा करिब २० लाख पेन्सन नेपालको समाजसेवामा खर्चिदै आएको बताए । सम्मान थाप्न आएका जे.पी.क्रस.ले सम्मानले खुसी मिलेको प्रतिक्रिया दिए ।






