बेलायती सेना प्रमुख स्याण्डर्सको टोली काठमाडौं पुग्यो

SHARE:

काठमाडौं २९ जनवरी २०२४ ।

बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्स नेपाल पुगेका छन् । उनी छ सदस्यीय टोलीको नेतृत्व गर्दै सोमबार बिहान पुगेका हुन् ।

पोखरामा हुन लागेको परेड कार्यक्रममा सहभागी हुन स्याण्डर्स नेतृत्वको टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा दोहा हुँदै नेपाल गएको श्रोतले जनाएको छ । पोखरामा आजदेखि गोर्खा रिक्रुट परेड हुँदैछ । उनी शुक्रबार पोखराबाट काठमाडौं आइपुग्नेछन् । बेलायती सेना प्रमुखको टोली शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

केही दिन अघिमात्र बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ‘ओबीइ’ सहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।

वार्डलोले प्रतिवेदन पेश गर्दै गोर्खाली सेनाको व्यवसायिकता, समर्पण र क्षमतालाई बेलायतले मात्र होइन, संसारले सम्मान र प्रशंसा गरेको उल्लेख गर्दै बेलायती गोर्खाहरू यो संसारमा जबसम्म रहनेछन् तबसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको एउटा उत्कृष्ट राजदूतका रूपमा काम गरिरहने विश्वास व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!