लन्डन ३१ जनवरी २०२४ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा स्थापित फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई दिने भएको छ ।
फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान-२०२३’र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार-२०२३’ प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिका प्रमुख (हेड अफ ट्रस्ट) सोनाम छिरिङ शेर्पाले जानकारी दिए । सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमध्ये २ जनालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । सम्मान र पुरस्कारको राशि २५/२५ हजार रुपैयाँ रहेको छ ।
बैठकमा फोनिज युकेका अध्यक्ष बम थापा सुर्यवंशी, प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पा (छनौट समिति प्रमुख), सल्लाहकार दुत पुन, सल्लाहकार प्रमिला लाबुङ राई र निवर्तमान अध्यक्ष गोमा रानाको उपस्थिति रहेको थियो ।
दिपीन राई २०४९ साल दैनिक विवेचनादेखि अनवरत पत्रकारितामा सम्लग्न छन् । हाल यलम्बर टाइम्स (सम्पादक/प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत छन् ।
त्यस्तै युवा पत्रकार चेपाङ इच्छाकामना एफ एम १०२.४ मेघाहर्ज कुरिनटार चितवनमा कार्यरत छन् ।






