गोर्खाहरूमाथिको भेदभाव अन्त्य गर्न बेलायतलाई गेसोको आग्रह

SHARE:

लण्डन फेब्रुअरी १ २०२४ ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खाहरुको मुद्धा सुल्झाउने अन्तिम मौका नगुमाउन बेलायतलाई आग्रह गरेको छ ।

नेपाल भ्रमणमा गएका बेलायती सेना प्रमुख जनरल सर पेट्रिक स्यान्डर्सले काठमाडौँमा उच्चस्तरीय भेटघाट गरिरहंदा गेसोले गोर्खा सैनिकका नाममा नेपाली नागरिकहरूमाथिको चरम असमानता, भेदभाव र अमानवीय व्यवहार सदाका लागि अन्त्य गर्न बेलायतलाई आग्रह गरेको हो ।

गेसो सभापति कृष्णकुमार राईले विहीबार एक वक्तव्य जारी गर्दै गेसोले अबको वार्तामार्फत् विगत २ सय ८ वर्षदेखि गोर्खा सैनिक र उनका परिवारहरूमाथिको अन्याय, अत्याचार, भेदभाव र असमानता सदाका लागि अन्त्य गरी बेलायतले दुई देशबीचको सम्बन्ध र गोर्खा समुदायप्रतिको दायित्वलाई नयाँ शिरामा रुपान्तरण गरोस् भन्ने चाहेको उल्लेख गरेका छन् ।

अन्यथा स्थिति थप गम्भीर हुने चेतावनी उनले दिएका छन् । राईले गोर्खा वार्ता सफल पार्न गेसोले नेपाल सरकारलाई निरन्तर दबाब दिंदै आएको पनि स्मरण गराएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!