एनआरएनए यूकेको कार्यालय सार्वजनिक कार्यक्रमका लागि खुला

SHARE:

लन्डन ४ फेब्रुअरी २०२४ । एनआरएनए यूकेले आफ्नो कार्यालय सार्वजनिक कार्यक्रमका लागि खुला गर्ने निर्णय गरेको छ ।

बेलायतमा अचेल नेपाली समुदायका असंख्य कार्यक्रम हुने क्रम बढिरहँदा ‘भेन्यू’ अभाव हटाउन एनआरएनए यूकेले आफ्नो अल्डरसटस्थित कार्यालय सार्वजनिक कार्यक्रमका लागि खुला गर्ने निर्णय गरेको अध्यक्ष प्रेम गाहामगरले जनाए । बेलायतका नेपाली समुदायबीच सम्बन्ध थप प्रगाढ बनाउन आफ्नो कार्यालय सार्वजनिक प्रयोजनका लागि खुला गरिएको उनले प्रष्ट्याए ।

‘तपाईं आफ्नो व्यक्तिगत समारोह जस्तै– जन्मदिन, पास्नी, पदोन्नतिको खुशीयाली, चाडपर्व आदि र संस्थागत कार्यक्रम अन्तर्गत संस्थाको वार्षिक साधारणसभा, जमघट, नियमित बैठक, गाउँले भेला, चाडपर्व वा जन्मजयन्ती, अन्तरक्रिया कार्यक्रम, स्वास्थ्य शिविर आदि हाम्रो कार्यालयमा गर्न सक्नु हुनेछ’, एनआरएनए यूकेले भनेको छ ।

एनआरएनए यूके प्रवक्ता लक्ष्मी तामाङका अनुसार करिब ६०–७० जना सहभागी भएर कार्यक्रम गर्न सकिने र भेन्यूमा नि:शुल्क चिया–कफी, कुर्सी, ट्वाइलेट जस्ता सुविधा समेत उपलब्ध रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!