नेपालका मगर जातिको मृत्यु संस्कार

SHARE:

गुरुङ रामप्रकाश ‘समथिङ’

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार मगर जातिको जनसंख्या महिला १० लाख १३ हजार ३ सय १७ र पुरुष ८ लाख ७४ हजार ४ सय १६ जना गरी जम्मा १८ लाख ८७ हजार ७ सय ३३ जना रहेका छन् ।
मगर जातिमा मानिस मर्ने अन्तिम अवस्थामा पुगेपछि सबै भेला भएर मर्न लागेको मानिसको मुखमा सिक्का (डलर पैसा) लगाई दिने गर्दछ । मुखमा पैसा लगाइ दिनु पर्ने मगर जातिमा परम्परगत धारणा रही आएको छ । यदि मरेको हो भने सिक्का निल्छ र मरेको छैन भने सिक्का बाहिर मुखबाट निकाली फाल्छ भन्ने मान्यता रहेको छ । यो मगर जातिमा मानिस मरेको हो वा होइन् भन्ने पहिलो तरिका हो । त्यस्तै मानिस मरेको हो की होइन् भन्ने दोश्रो तरिका अनुसार अन्तिम अवस्थामा पुगेका मानिसलाई बोकेर खोलामा लगिन्छ । अनि खुट्टा चाही पानीमा डुबाइ दियो भने मरेको वा जिउँदो छ भन्ने थाहा पाइन्छ भन्ने छ । घना मगर बस्तिमा लास राख्ने ठाउँ बनाइएको हुन्छ । त्यस्तै तेश्रो तरिका अनुसार मानिस मरेको छ कि छैन भन्ने अन्तिम अवस्थामा पुगेको मानिसलाई त्यो लास राख्ने ठाउँमा लगेर एक रात राखेपछि मरेको छैन भने घरमा ल्याई औषधी उपचार गर्ने । अनि मरेको हो भने त्यतैबाट खोला वा चिहानघारीमा लगी अन्तिम संस्कार गर्दछ । मगर जातिमा मानिस मरेको छ की छैन भन्ने तीन वटा तरीकाबाट थाहा पाउने गर्दछ । तर यो तरिका कुनै इतिहास कालमा मगर जातिमा थियो होला भन्ने मात्र सकिन्छ । किन भने वर्तमान समयमा यस्तो प्रकारले मानिस मरेको हो वा जिउँदो हो भन्ने परिक्षण गरेको पाइन्न । सुन्दा कथा जस्तो मात्र लाग्न सक्छ ।

मरेको लासलाई चिहानघारी वा खोलामा लानु अघि मृतकको मुख धोइ दिने, सिङगारी दिने, लासलाई राम्रो देखाउनको लागि मृतकको आँखाको वरीपरी निलो रङ लगाइ दिने, आँखाको मुनी चामलको दाना लहरै राखी दिने र लोग्ने मानिसको मृत्यु भएको हो भने सेतो कपडाले पगरी बाँधीदिने समेत गर्दछ । यो तरिकाहरु मानिस मरेको दिन मृतकको घरमा नै गर्दछ ।

मरेको भोलिपल्ट मृतकलाई मान्द्रोमा राखेर घरभित्रबाट निकाली बरण्डामा राख्ने गर्दछ । इष्टमित्र, छरछिमेक तथा आफन्तहरुले पैसा चढाउदै अन्तिम ढोगभेट गर्दछ मृतकसंग । मृतकले अन्तिम पटक सूर्यसंग दर्शन गरोस भनेर पूर्व खुट्टा र पश्चिम टाउँको फर्काइ लासलाई राख्ने गर्दछ । त्यसपछि पहिलो पटक लासलाई घरबाट निकाली छिमेकीको छतमा लगेर राख्ने चलन छ । घर बनाउदा खेरि नै लास राख्न मिल्ने गरीको मगर जातिको घरहरु बनाइएको हुन्छ ।
मगर जातिमा किरिया बार्दा छोराछोरी सबैले नै बार्ने चलन रहेको छ । तेह्र दिनसम्म किरिया बार्ने शुद्ध हुने चलन छ । विगतको इतिहास हेर्ने हो भने मगर जातिमा पनि हिन्दु धर्मको प्रभाव गर्दा हिन्दु धर्मको विधि अनुसार नै बाहुन पुरोहित लगाएर जन्मदेखि मृत्युसम्मको संस्कार गर्ने प्रचलन रहेको थियो । तर वर्तमान समयमा बौद्ध धर्मको विधि अनुसार जन्मदेखि मृत्युसम्मको संस्कारहरु गर्न थालका छन् । बौद्ध धर्म मानेता पनि आफ्नो मगर जातिको जन्मदेखि मृत्युसम्मको संस्कार गर्ने आफनै जातको पुरोहित हुन्छ । जसलाई भुसाल भन्ने गर्दछ । मगर जातिको पुरोहितले मृत्यु संस्कारको विधि सकेपछि मावली वा भान्जा अनिवार्य नै चाहिन्छ । मावली विना किरिया बार्नेहरु शुद्ध भएको मानिदैन् । बावु वा आमाको मृत्यु भएको हो भने भान्जाले कपाल खौरी जुठो फाल्ने काम गर्दछ ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चाम्लिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६ लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक राई जातिबारे लेख प्रकाशन गरिनेछ ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!