घरमै दिइने हैसियतले घटाउन सक्छ बलात्कार

SHARE:

खिम घले
सुदूर पश्चिमको कञ्चनपुर अहिले राष्ट्रिय चर्चामा छ । साउन ११ गते १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएपछि सुरु भएको आन्दोलन सेलाएको छैन । आन्दोलनको क्रमकमा भएको झडपमा प्रहरीले चलाएको गोलीले एक जना किशोरको मृत्यु भएपछि कफ्र्यू लगाइएको छ । सोमबारसम्म पनि कफ्र्यू पूर्ण रुपमा हटाउन सकिएको छैन ।

त्यही आन्दोलनको कारण त्यहाँको सिडिओलाई सरुवा गरिएको छभने एसपीलाई निलम्बन । डीएसपी र इन्स्पेक्टरलाई प्रहरी मुख्यालयमा तानेर छानविन सुरु गरिएको छ । नयाँ सुरक्षा अधिकारीहरु त्यहाँ पुगेका छन् । त्यहाँ नयाँ शीराबाट अनुसन्धान सुरु भएको छ । यही विषयले संसदमा प्रवेश पाएको छ । प्रतिपक्षी होस् या सत्तापक्षका सांसदहरु हुन्, सबैले घट्नाको भत्र्सना गरेका छन् । दोषीलाई कारवाहीको माग पनि गरिरहेका छन् । सरकारको सुरक्षा निकायको र सुरक्षा अधिकारीहरुको अलोचना पनि भएको छ । अझ बलात्कारको विरुद्धमा अर्धनग्न अवस्थामा पेटिकोट प्रदर्शन गरिएको छ । माइतीघर स्वस्फुर्त रुपमा जम्मा भएर ठूला संख्यामा महिला र पुरुषहरुले प्रदर्शन गरेका छन् । महिलाले मात्र होइन, पुरुषले पनि महिला हिंसा र बलात्कारको विरुद्धमा सामाजिक सञ्जालहरुमा एक्यबद्धता जनाएका छन् ।

तर, यही अवधीमा काठमाडौंमा, पोखरामा, सुनसरीमा गरेर चार जना किशोरी तथा युवती बलात्कारको शिकार भएको समाचार प्रकाशनमा आएको छ । हरेक दिन जसो बलात्कारको बिरुद्धमा समाचार प्रकाशित भइरहेको बेला राजधानी सहरलगायतका अन्य ठूलो सहरमा पनि यही प्रकारको घट्ना बाहिर आउनुको अर्थ के हुन सक्छ? कमसेकम यस अवधीमा त बलात्कारको घट्ना कम हुनुपर्ने वा नहुनु पर्ने हो किन त्यसो भइरहेको छैन? यसले गम्भिर प्रकारका प्रश्नहरु उब्जाएको छ । हाम्रो समाजको मनोविज्ञानलाई यसले बोलिरहेको त छैन?

कञ्चनपुर घटना
समाजको मनोविज्ञानको कुरा गर्नुअघि कञ्चनपुरतिरै फर्कौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते साथी निर्मला बमको घरमा पढ्न गएकी थिइन् । तर, उनी बेलैमा घर फर्किनन् । खोज्दै जाँदा उनको शव पढ्न गएको घरदेखि केही पर बाटोको छेउमा पानी बग्दै गरेको ठाउँमा फेला पर्‍यो ।

उनलाई बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकाल्यो । तर, प्रहरीले दोषी पत्ता लगाउन सकेन । प्रहरीले आफुहरु हत्याराको नजिक पुगेको बताए । तरपनि उनीहरु हत्याराको नजिक पुगेको कुनै संकेत देखिएन । प्रहरीले नत प्रमाणहरु भेट्टाउन सक्यो नत कोही आरोपीलाई सार्वजनिक गर्यो । त्यसपछि यस विषयमा सर्वसाधारणले चासो देखाउन थाले । हरेक दिन जसो प्रहरी कार्यालयमा दवाव दिन थालियो ।

परिवारले उनको शवको सद्गद् गरेका थिएनन् । तर, एसपी डिल्लीराज विष्टले परिवारका सदस्यहरुलाई तत्काल सदगद् गर्नको लागि दवाव दिए । प्रहरीको दवावमा जव सद्गद गरियो सर्वसाधारणको आक्रोश पैदा भयो । उनीहरुले उक्त घट्नामा प्रहरीको व्यवहारमा कैफियत देखे । त्यसपछि सुरु भयो प्रहरीलाई थप दवाव । हरेक दिनजसो प्रदर्शनहरु हुन थाल्यो खवरदारी सुरु भयो । प्रहरीले काठमाडौंस्थित अपराध अनुसन्धानबाट अनुसन्धानको लागि डीएसपीको नेतृत्वमा एउटा अनुसन्धान टोली पठायो । त्यसपछि भने स्थानीयले सही अनुसन्धान हुने र हत्यारा पत्ता लाग्ने अपेक्षा गरे । तर, स्थानीय त्यसबेला थप आक्रोशित बने जव प्रहरीले घट्नाको २१ दिनपछि जबारतिर घुम्दै हिड्ने मानसिक सन्तुलन ठिक नभएको र मान्छे देखेरपछि डर मान्ने, यसअघि नै हत्याको अभियोगमा कैद भुक्तान गरिसकेका एक जना व्यक्तिलाई अभियुक्तको रुपमा सार्वजनिक गरे ।

दीलिप विष्ट नाम गरेका व्यक्तिलाई किशोरीको हत्याराको रुपमा स्थानीयले स्वीकार गरेनन् । बरु उल्टै प्रहरीले हत्यारा जोगाउनका लागि नक्कली हत्यारा प्रस्तुत गरेको आरोप स्थानीयले लगायो । त्यही दिनदेखि सुरु भएको उग्रप्रर्दशनले भीमदत्त नगरपालिकाको बजार क्षेत्र र राजमार्ग ठप्प हुन पुग्यो । प्रदर्शन थप उग्र हुँदै गएपछि प्रहरीसंगको झडपमा एक जनाले ज्यान गुमाएभने अन्य दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । अहिले भीमदत्त नगरपालिका कफ्र्यू आदेशभित्र रहेको छ । सोमबार दिउँसो खोलिएपनि साँझ फेरी लगाइएको छ ।

स्थानीयको आशंका
निर्मला पढ्न गएकी उनको साथीको घरमा दिदी बहिनीमात्र बस्छन् । उनीहरु पनि एसपी बिष्ट कै जिल्ला बझाङको बताइएको छ । साथै एसपी, प्रहरी र अन्य पुहँचवालाहरुको उक्त घरमा आउजाउ रहेको स्थानीयको भनाई छ । त्यसैले स्थानीयले अनुसन्धानका क्रममा ति दुई दिदीबहिनीसंग सोधपुछ गरेमा धेरै कुरा खुल्ने बताउँदै आएकमा छन् । अहिले बल्ल उनीहरुलाई पक्राउ गरेर अदालतबाट थप म्याद लिइएको छ । तर, प्रहरीले ति दिदीबहिनीलाई सुरुदेखि नै छानविनको दायरामा राखेनन् । यसले झनै आशंका बढायो । स्थानीयले पहुँचवाला वा प्रहरी नै उक्त घट्ना संलग्न भएको आशंका गरेका छन् । त्यही हत्यारा बचाउनकै लागि प्रहरीले अनुसन्धानको नाटक गरेर निर्दोष र निर्दो व्यक्तिलाई हत्याराको रुपमा उभ्याएको बताइरहेका छन् ।

यसरी स्थानीयले नपत्याउनका कारणमा लागि प्रहरी अनुसन्धान र उनीहरुको व्यवहार नै पहिलो थियो । पछि दीलिप विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेपछि पनि निर्मलाका बाबुलाई प्रहरीले उनैको विरुद्ध किटानी जाहेरी दिन दवाव दिएको, घट्नास्थलको प्रमाण भनेर २१ दिनपछि एउटा सफा कण्डोमको खोल र बिष्टको कपडाको टुक्र देखाएको लगायतका कुराले झनै आशंकित बनाएको देखिन्छ ।

कञ्चनपुर घट्नाले हाम्रो सुरक्षा अधिकारीहरुमा रहेको मानसिकता देखाउछ । आफ्नो अधिकार क्षेत्रका जघन्य अपराध भइसक्दा पनि त्यसलाई संवेदनशील रुपमा नलिनु । अनुसन्धान पारदर्शी नहुनु र आफ्नो मान्छेलाई जोगाउन जे पनि गर्ने प्रबृत्ति हुनुका कारणले पनि यसमा आगोमा घ्यु थापे जस्तै भयो ।

यसको अलवा प्रतिपक्षी राजनीतिक दल र तिनका भातृ संगठनहरुको हरेक घट्नालाई राजनीतिकरण गर्ने चाहनालाई पनि विचार पुर्‍याउनु पर्ने हुन्छ । प्रतिपक्षी नेपाली कांग्रेस र उसको भातृ संगठन नेविसंघले खेलेको भूमिका त्यहाँको हिंसाका लागि कारक बनेको छ । प्रर्दशन प्रहरी प्रशासन र अनुसन्धानमा असन्तुष्टी, हत्याराको पक्राउमा मात्र सिमित थिएन । नारावाजी सरकारको विरुद्धमा गएको थियो । साथै राजमार्ग, बमको घर र सरकारी कार्यालयतर्फ पनि तोडफोडको प्रयास भयो ।

राज्य संयम हुनुपर्छ, सबैलाई राज्यले न्याय दिनु पर्छ । लोकतन्त्रमा यो सर्वमान्य सिद्धान्त हो । जनतासंग विरोध गर्ने अधिकार रहन्छ । यो लोकतन्त्रको गहना हो । तर, सुरक्षाकर्मीले सार्वजनिक सम्पतिको सुरक्षा र सार्वजनिक शान्ति सुरक्षाका लागि बल प्रयोग गर्छ । यो राज्यको दायित्व पनि हो । यद्यपी कञ्चनपुरमा प्रहरीले बल प्रयोग गर्दा जस्को ज्यान गयो, जे घाइते भए त्यसलाई सही मान्न सकिंदैन । राज्य संयम हुनुपर्छ र जनताको जनधनको सुरक्षाको जिम्मेवारी उसैको हो । त्यसैले जनताको ज्यानलिने काम कदापी स्वीकार्य हुन सक्दैन ।

हाम्रो मानसिकता
पछिल्लो समय केदार शर्माले हिमाल खवरपत्रिकामा एउटा लेख लेखेका छन्, ‘बलात्कारको बिषबृक्ष’ । उनले लेखे अनुसार नै हामीले बलात्कार जस्तो जगन्य अपराधलाई अति धेरै सामान्यीकरण गरेका छौं । हाम्रो परम्परा, धर्म संस्कृति र हाम्रो प्रचलनहरुले महिला ‘भोग्य’ बस्तु हुन् भन्ने कुरालाई नै जोड दिंदै आएको छ । कतिपय यस्ता घट्नाहरु बाहिर आउँदैनन्, हाम्रो समाजमा धेरै लामो समयदेखि हाम्रै मानसिकताले बलात्कार जस्तो जघन्य अपराधलाई अपराध मान्दैन । यसलाई समाजले सामान्य विषयको रुपमा लिएर मिलाउने काम पनि गर्दै आएको छ ।

अझ यसमा महिलालाई नै दोषी देख्ने हाम्रो सामाजिक परिपाटीका कारणले यसलाई बढावा दिएको छ । पुरुष मानसिकताको उपजको रुपमा पनि यसलाई लिनुपर्ने हुन्छ । नत्र सहरी क्षेत्रमा त्यो पनि पढालेखाहरुबाटै यस्ता घट्ना बारम्बार हुने थिएनन् । यसले हाम्रो समाजिक संरचना, नैतिक शिक्षा, संस्कार, दण्ड विधान र धार्मिक विश्वासमै पनि कही समस्या छ की भन्ने बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ । अन्त्यमा, बलात्कार जघन्य अपराध नै हो, यसमा द्विविधा हुनुपर्ने कुनै कारण छैन । यसका लागि कानुनी संरचना कडा बनाउनु पर्छ । अझ नाबालिका बलात्कारलाई थप कडा कानुनी व्यवस्था हुनुपर्छ । त्यसको प्रचार, प्रसार, जनचेतनाको अभिबृद्धि अपरिहार्य कुराहरु हुन् । यसमा थप गर्नु पर्ने कुरा भनेको हाम्रो नैतिक शिक्षा, निती कथा तथा लोककथाहरुको पुर्नलेखन गर्नु पर्ने बेला भएको छ । त्यस्ता कथाहरुमा पुरुषले महिलालाई पीडा दिएर इच्छा विपरित आफ्नो यौन चाहना पुरा गर्ने आशय र अभिप्रायहरुलाई अव समाजले हटाउनु पर्छ । कमसेकम आफ्नो छोराछोरीलाई पढ्नु–पढाउनु, सुन्नु–सुनाउनुबाट टाढा राख्नु पर्छ ।

अर्कोतिर घरबाटै छोरा र छोरीलाई समान हैसियत र सम्मानका साथ हुर्कान सक्यो भने पनि केही हदसम्म यसले काम गर्ने देखिन्छ । छोराछोरी दुवैका इच्छा, आकांक्ष र चाहनालाई समान रुपमा सम्बोधन गर्ने र दुवै जनाको हैसियत घरबाटै बराबरी बनाउने हो भने छोरामा आफुलाई केन्द्रमा राखेर, आफुलाई फरक ढंगले हेर्ने र थप महत्वको सम्झने प्रबृतिको अन्त्य हुनेछ । यि सबै विषयलाई एकीकृत रुपमा अघि बढाउन सकियो भने बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न मद्दत पुग्नेछ ।

सुखी नेपाल कि खुसी नेपाली ?
इतिहासमै कम्युनिष्ट सरकारको दुई तिहाई सरकारको मुख्य नारामध्येको एक हो– खुशी नेपाली सुखी नेपाली । तर बन्छ चाहिँ कसरी ? बनाउने कसले ? सरकारसामु तेर्सिएको प्रश्न हो यो । मुलुकका लागि सुखी र खुशी जनता हुनु नै सबैभन्दा पहिलो सफलता हो । तर उनीहरुलाई सुखी र खुशी बनाउनका लागि राज्यले के के कुरामा ध्यान दिनुपर्छ भन्नेतर्फ खासै सक्रियता बढ्न सकेको छैन ।

जनमतका हिसाबले अहिले शक्तिशाली सरकार नेपालमा छ । राजनीतिक अस्थिरताबाट वाक्कदिक्क बनेको जनताले स्थायी सरकार पाउँदा खुशी नहुने कुरै भएन । जनताले स्थायी सरकार पाउँदैमा सबै खुशी हुने स्थिति पनि आउँदैन । खुशी हुनका लागि सम्पन्न पनि हुनसक्नुपर्छ । आधारभूत रुपमा जनताले राम्रो शिक्षा पाउनुपर्छ । स्वस्थ रहने स्थिति हुनुपर्छ । स्वास्थ्य सेवामा सहज र पहुँच हुनुपर्छ । समान न्याय, पहुँच र प्रतिनिधित्व पनि हुनुपर्छ । त्यसैले जनताको खुशीको सीमा कहाँसम्म मापन गर्ने भन्ने सवाल पनि यहाँ आउन सक्छ । तर सरकारको योजना न्यूनतम आवश्यकता नै पहिलो मापन बनाउनुपर्छ भन्ने हो ।

अहिले देशमा बेरोजगारी समस्या विकराल छ । यो सरकारले बेरोजगारी समस्या हटाउने अर्को महत्वपूर्ण उद्देश्य लिएको छ । यो उद्देश्यका साथमा उनीहरुले पक्कै पनि केही कदम अघि बढाउनुपर्ने हो । तर अहिलेसम्म पूर्वाधारका लागि केही काम हुन सकेको छैन । पूर्वाधारका लागि कि सरकारले काम अघि बढाउनुपर्छ कि त निजी क्षेत्रलाई अघि बढ्न प्रेरित गर्नुपर्छ । अहिले निजी क्षेत्र व्यापक रिसाएको अवस्था छ । करको दायरा बढाउँदा निजी क्षेत्रमा असन्तुष्टि छ । लगानी गर्ने वातावरण नबनेको बताउँदै आएको छ । यस्तो स्थितिमा निजी क्षेत्रबाट बेरोजगारी समस्या हटाउने सम्भावना कम देखिन्छ । बेरोजगार खुशी बनाउनका लागि पनि बाधक देखिन्छ ।

त्यसो त देशमा व्यापक भ्रष्टाचार न्यनीकरण हुन सकेको छैन । गाउँगाउँमा सिंहदरवार भन्ने नाराले उल्टो गति लिइरहेको छ । गाउँगाउँमा भ्रष्टाचार पुगेको छ । यो अति दुखदायी पक्ष हो । भ्रष्टाचारमुक्त देश नबनाउञ्जेल जनता खुशी हुन सक्दैन । निजामती क्षेत्रमा देखिएको भ्रष्टाचारको जालो तोड्न सरकारले हिम्मत गर्न सक्नुपर्छ । यसको सुरुवात स्वयम राजनीतिक दलका नेताहरुबाट हुन जरुरी छ । जनताले सास्ती भ्रष्टाचारी नेता र कर्मचारीहरुका पाइरहेको दुखेसो व्यापक छ । भाषण मात्र मिठा गरेर हुँदैन । जनताको खुशीका लागि स्पष्ट नीति र व्यवहार हुन जरुरी छ । जब जनताले सहज रुपमा काम पाउँछन् । सरकारले प्रदान गर्ने सेवा सुविधा पाएको अनुभूति गर्छन्, गरिबीबाट मुक्ति पाउँछन् । देश समृद्ध बन्छ, जनता खुशी हुन्छन् अनि सुसी पनि ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!