लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले चितवन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको उपस्थितिमा युकेमा अन्तरक्रिया गर्ने भएको छ।
आगामी ५ मार्चमा नारी दिवसको अवसर पारेर शुभकामना आदानप्रदान तथा अन्तरक्रिया आयोजना गरिने भएको हो । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ।
अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न बेलायत आउन लागेकी मेयर दाहाल उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सहभागी हुनेछिन् । नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय पदाधिकारीको समेत सहभागिता रहने एनआरएनए युकेले जनाएको छ ।






