बेलायतमा ग्यास र बिजुलीको मूल्य घट्ने

SHARE:

लण्डन २४ फेब्रुअरी २०२४ ।

बेलायतमा ग्यास र बिजुलीको मूल्य घट्ने भएको छ ।

कोभिड महामारी र युक्रेन युद्धयता आकासिएको ग्यास र बिजुलीको मूल्य अप्रिलदेखि घट्ने बेलायतको ऊर्जासम्बन्धी नियामक निकाय अफजेमले जनाएको छ ।

अफजेमका अनुसार अप्रिल १ देखि हरेक घरले तिर्ने ऊर्जाबापतको शुल्कमा मासिक २० पाउन्ड घट्नेछ। अहिले वार्षिक १ हजार ९२८ ऊर्जाको मूल्य रहेकोमा अब त्यसमा १२ प्रतिशत घटाई १ हजार ६९० पाउन्ड बनाएको छ ।

पेट्रोलियम पदार्थको थोक मूल्यमा आएको कमी र जाडो याममा ऊर्जाको खपत धेरै नभएका कारण मूल्य कम गरिएको बताइएको छ । यद्यपि, उपभोक्ताले ऊर्जा संकट आउनु अघिको मूल्यभन्दा करिब दोब्बर मूल्य उपभोक्ताले तिरिरहेका छन् ।

मूल्य अझै कम हुनसक्ने भए पनि ऊर्जा प्रदायक कम्पनीको बक्यौता धेरै भएकाले त्यसलाई परिपूर्ति गर्न केही बढी मूल्य कायम गरेको अफजेमको भनाइ छ । जसबापत ऊर्जा कम्पनीले उपभोक्ताबाट बजार मूल्यभन्दा मासिक साढे २ पाउन्ड बढी उठाउने छन् । बेलायतमा ऊर्जा संकटसँगै दर्जनौँ ऊर्जा प्रदायक कम्पनी बन्द भएका थिए ।

बीबीसीका अनुसार ग्यास र बिजुलीको नयाँ दर रुस(युक्रेन युद्ध शुरू भएयताकै न्यून हो। तर यो दर कोभिडपूर्वको अवस्थाभन्दा भने उच्च नै हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!