क्वोंने गुरुङ समाज युकेको अध्यक्षमा फेरि क्या पिताम्बर गुरुङ

SHARE:

लन्डन २५ फेब्रुअरी २०२४ । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको अध्यक्षमा पुन: क्या पिताम्बर गुरुङ चयन भएका छन् ।

समाजको शनिबार २४ फेब्रुअरीमा अल्डरसटस्थित सुसी हलमा आयोजित चौथो महाधिवेशन र वार्षिक साधारणसभाबाट क्या. पिताम्बरको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा राम गुरुङ, महासचिव इन्द्र घोताने, सचिव दिनेश गुरुङ, मिडिया एन्ड प्रवक्ता ताउ गुरुङ, कोषाध्यक्ष देव गुरुङ, सहकोषाध्यक्षको जिम्मेवारी हेमबहादुर गुरुङले पाएका छन् । महासचिव इन्द्र यसअघिको कार्यसमितिमा पनि महासचिव नै थिए । सदस्यहरुमा क्या शेर गुरुङ, तमबहादुर गुरुङ चयन भए ।

यसैबीच महाधिवेशनबाट चेलीबेटी प्रमुखमा लिना गुरुङ चयन भइन् । उनी पहिला महासचिव थिइन् । ११ सदस्यीय चेलीबेटी समितिमा उपाध्यक्ष पञ्च गुरुङ, महासचिव ध्रुव गुरुङ रहेको निर्वाचन मण्डलले जनाएको छ । नयाँ कार्यसमिति चयनका लागि क्या जीवनकुमार गुरुङको नेतृत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो । सदस्यहरुमा लेप्टिनेन्ट चन्द्र गुरुङ र हरिगोविन्द गुरुङ रहेका थिए ।

महाधिवेशनले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको विधान संशोधन पारित गरेको छ । संस्थापक सल्लाहकार तथा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रहादुर गुरुङ नेतृत्वमा विधान संशोधन समिति रहेको थियो ।

शनिबार नै महाधिवेशनअघि क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!