
लण्डन २९ फेब्रुअरी २०२४ । भ्वाइस अफ नेपालको टोली बेलायत भ्रमणमा आउने भएको छ ।
भ्वाइस अफ नेपालका होस्ट सुशील नेपाल, भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राईसहितका टोली अप्रिल ६ तारिखमा बेलायत आउन लागेको हो ।
टोलीमा भ्वाइस अफ नेपाल सिजन-५ मा टप ४ मा पुगेका मकर योन्जन, नोगेन लिम्बु, सिजन ४ मा टप ४ मा पुगेका योगेश मगर र भ्वाइस अफ नेपालका टिम म्यानेजर तथा कलाकार अजेश पौडेल रहने छन् ।
यस्तै बेलायतवासी भ्वाइस अफ नेपाल सिजन ५ का सहभागी मनोज गुरुङ, सुविन्द्र हिराचनसमेत टोलीमा सामेल हुने सुनगाभा इन्टरटेन्टमेन्टका कार्यक्रम संयोजक तथा निर्देशक गौरव कन्दङ्वाले जानकारी दिए । उनका अनुसार भ्वाइस अफ नेपालका टोली अप्रिल महिनाभर बेलायत रहनेछ ।
उनीहरुले पहिलो शो वेम्बली लन्डनमा ६ अप्रिलमा प्रस्तुति दिनेछन् भने अल्डरसटस्थित एम्पायर हलमा २० अप्रिलमा कार्यक्रम तय भएको छ । यस्तै २१ अप्रिलमा स्वीन्डन, २२ अप्रिलमा बर्मिङघम, २६ मा नुनेटोन र २८ अप्रिलमा टीडवर्थमा प्रस्तुति दिनेछन् ।
सुनगाभा इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको कार्यक्रममा टाइटल स्पोन्सर न्यू लक्ष्मी ज्वेलर्स युके र टाइटल को स्पोन्सर मनि टु नेपाल रहेको छ ।






