बेलायत भ्रमणमा रहेकी मेयर दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता

SHARE:

लण्डन ७ मार्च २०२४ ।

संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहेकी चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्सबीच भेटवार्ता भएको छ ।

उपसभामुख निजेलसँगको बुधबार उनकै कार्यकक्षमा भेटवार्ता भएको हो । भेटका क्रममा वर्षौं देखिको बेलायती र नेपाली जनताको सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिक एवं विभिन्न क्षेत्रमा नेपाली जनताद्वारा देखाएको सेवाभाव र कार्यक्षेत्रमा देखाएको ईमान्दारिता, दुई राष्ट्र र जनता- जनता बीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको मेयर दाहालले जानकारी दिइन् ।

उनले भरतपुर भ्रमण वर्ष २०२४ को निमन्त्रणासमेत गरेको जानकारी दिइन् । भरतपुर भ्रमणको निम्तोलाई उपसभामुख इभान्सले सकारात्मक चासोको रूपमा लिएको जानकारी गराइन् ।

उक्त भेटघाट उपलब्धिमूलक रूपमा सम्पन्न भएको मेयर दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । त्यसपश्चात् मेयर दाहाललाई बेलायती सांसद डिन रुसेलबाट बेलायती संसदको गतिविधि, संसद्को इतिहास र संसद् भवनको अवलोकन गराएका थिए ।

मेयर दाहाल बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’ मा प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न मंगलबार बेलायत आइपुगेकी हुन् । उनलाई लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, नेकपा माओवादी केन्द्रीय सदस्य एवम् गेसो सभापति कृष्णकुमार राई, जनप्रगतिशील मञ्च यूके अध्यक्ष विमला लिम्बू, काउन्सिलर एवम् पर्यटन प्रवर्द्धक धनबहादुर सार्की, किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश राईलगायत हिथ्रो विमानस्थल पुगेर स्वागत गरेका थिए ।

मेयर दाहालले पाउन लागेको ‘अन्तराष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीबार साँझ बेलायती संसद भवनमा हुँदैछ। त्यस्तै, बुधबार बेलुका दाहालको सम्मानमा लन्डनस्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यले एक ‘रिसेप्सन’ आयोजना गरेको छ ।

शुक्रबार साँझ भने दाहालले लण्डनको रोयल ग्रीनवीच बरोमा अवलोकन एवम् अन्तरक्रिया गर्ने कार्यक्रम छ । त्यस्तै, आइतबार नेकपा माओवादीनिकट जनप्रगतिशिल मञ्च युकेसंग अन्तरक्रिया गर्नेछिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!