लण्डन ९ मार्च २०२४ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर नेपाल प्रस्थान गरेका छन् ।
वंशजको नेपाली नागरिकता निरन्तरताबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपप्रधान तथा पररराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी कुराकानी गर्ने मिसनसहित अध्यक्ष गाहामगर शुक्रबार नेपाल प्रस्थान गरेका हुन् । नेपाल उड्नुअघि उनले सामाजिक सञ्जालमार्फत ‘यात्रा नेपाल, मिसन वंशजको नेपाली नागरिकता निरन्तरता’सम्बन्धी स्टाटस् पोस्ट गरेका छन् ।
अध्यक्ष गाहामगरले आफू भूतपूर्व गोर्खा भएकाले गोर्खामाथि भएको भेद्भावबारे पनि नेपाल सरकारसँग कुरा राख्ने जनाउँदै यही २७ मार्चमा हुन लागेको ‘जिटुजी’ वार्तामा नेपाल सरकारबाट मन्त्रिस्तरको प्रतिनिधि सहभागी गराउनुपर्ने विषयमा पनि आग्रह गरिने बताएका छन् ।






