काठमाडौँमा जारी ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० चलचित्र प्रदर्शन हुने

SHARE:

काठमाडौं २१ मार्च २०२४ ।


१३ औँ ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ काठमाडौँमा जारी छ । बुधबार एक कार्यक्रमका बिच सुरु भएको महोत्सव नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गरेको हो ।

शनिबारसम्म सीटीसी मलस्थित सिने द सेफ हलमा चल्ने फेष्टिभल ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष: सांस्कृतिक विविधताको उत्सव’ मूल नारा सहित आयोजना भएको हो । महोत्सवमा उद्घाटनमा मार्टीन म्याकडोनाग निर्देशित विभिन्न अवाड उद्घाटनको दिन ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र ‘डाय ड्रिम्स’ प्रदर्शन भएको थियो ।

फेस्टिभल अवधिभर ९ युरोपियन चलचित्र र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । महोत्सव अप्रिल १० र ११ गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा चलचित्र प्रदर्शित हुनेछन् । यसैगरी महोत्सवको अर्को गन्तव्य लुम्बिनी प्रदेशको नेपालगञ्ज हुनेछ । जहाँ अप्रिल १५ मा चलचित्र प्रदर्शन हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा १९ र २० अप्रिलमा चलचित्र महोत्सव हुनेछ ।

फेस्टिभलको दूतमा नेपाली अभिनेत्री उपासना सिंह ठकुरी रहेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!