इजरायल २१ मार्च २०२४ ।

वैदेशिक रोजगारीको सिलसिलामा इजरायल पुगेका गायक पारस घिसिङ तामाङको छैटौं सेलो गीत लेकाली डोल्मो तयार भएको छ ।
नेपाल तामाङ घेदुङ इजरायलका सचिव तथा सांस्कृतिक विभाग प्रमुख घिसिङले विश्व दोङ तामाङको शब्दरसंगीतमा नयाँ गीत स्रोता दर्शकमाझ ल्याएका हुन् । लोक सेलो भाकामा रहेको उक्त गीत शुक्रबार चैत ९ गते ९२२ मार्च २०२४० नेपाली समय दिउँसो ४ बजे पारस घिसिङ तामाङ युट्युव च्यानलमार्फत सार्वजनिक हुँदैछ ।
पारसको आवाज रहेको गीतको छायांकन बौद्वधर्मावलम्बीहरुको ऐतिहासिक, प्रसिद्व तीर्थस्थल स्वयम्भूसहित काठमाडौंका विभिन्न ठाँउमा गरिएको छ । म्युजिक भिडियोमा विश्व स्याङ्बो तामाङरएलिसा घिसिङ तामाङलगायतले अभिनय गरेका छन् ।
प्रशान्त तामाङको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो । गायक पारस झापाली समाज इजरायलका साँकृतिक विभाग प्रमुख लगायत विभिन्न संघ संस्थामा आबद्ध छन् । उनीले यसअघि सोल्टीनी मेरीु, तमोर नदीु, आफ्नै देशको मायाु, कान्छी आइ लभ युु, बेंसी झरौलाु जस्ता लोक, आधुनिक गीतहरु सार्वजनिक गरिसकेका छन् ।






