काठमाडौं २५ मार्च २०२४ ।

एथ्लेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सोमबार काठमाडौंमा आयोजना गरेको १८ औं एनएनआइपिए स्पोर्टस अवार्डमा दीपक पुरुष तथा सुष्मा महिलातर्फ सर्वोकृष्ट खेलाडी चुनिएका हुन् । उनीहरुले अवार्डसहित जनही एक लाख रुपैयाँ प्राप्त गरे ।
त्यस्तै पौडीकी डुवाना लामा महिला तथा राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल पुरुषतर्फ प्रतिभाशाली खेलाडी चुनिए। यस विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरे। त्यस्तै टेबल टेनिसका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक विजेता धर्ममान बज्राचार्य गजराज आर्दश खेल व्यक्तित्वबाट सम्मानित भएका थिए ।
यसैगरी नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलबाट समान एक जनालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।






