६ गोर्खा राइफल्सको ‘ग्यालिपोली डे’ मा लालकाजी र अमर विक्रमको मारुनी नृत्य प्रस्तुति रहने

SHARE:

बेलायत। ६ गोर्खा राइफल्स, गलिपोली कम्पनीको ऐतिहासिक ‘गलिपोली डे तथा वार्षिक भेटघाट’ कार्यक्रम आगामी २५ अप्रिल २०२६ का दिन अल्डरसटस्थित ‘दि लन्ज’ रेस्टुरेन्टमा आयोजना हुने भएको छ। सो अवसरमा लालकाजी गुरुङ र अमर विक्रम शाहले मौलिक मारुनी नृत्य प्रस्तुत गर्नेछन् भने उनीहरूलाई धनराज घेलेले साथ दिनेछन्।

उक्त ‘गलिपोली डे तथा वार्षिक भेटघाट’ कार्यक्रमको तयारी पूरा भइसकेको जानकारी दिँदै संयोजक शान्त कुमार गुरुङले विगतका यादहरूलाई ताजा बनाउन यस पटक विशेष सांस्कृतिक प्रस्तुतिहरू समेटिएको बताउनु भएको छ ।

कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन विभिन्न जिम्मेवारीहरू बाँडफाँट गरिएको छ। स्टेज इन्चार्जको रूपमा तर्कजंग गुरुङ र मनोरञ्जन कुमार गुरुङ रहनुभएको छ भने राफल ड्रको जिम्मेवारी अमृत गुरुङलाई दिइएको छ। त्यसैगरी, अतिथिको स्वागत तथा रिसेप्सनमा मीन गुरुङको नेतृत्वमा कमला (ए), शारदा, मीना र कमला (बी) खटिनेछन्।

विशेष समारोहमा क्याप्टेन वीरबहादुर थापाले गलिपोली ‘ब्याटल अनर’ सम्बन्धी संक्षिप्त मन्तव्य राख्नुहुनेछ भने मेजर जे. एल. डेभिसले गलिपोली कम्पनीको ऐतिहासिक महत्त्वबारे जानकारी गराउनुहुनेछ।

सांस्कृतिक आकर्षणको रूपमा नेपालबाट आउनुभएकी चर्चित गायिका सविना बुढा मगरको सांगीतिक प्रस्तुति र चर्चित नृत्यङ्गना सरिश्मा राम्जाली मगरको विशेष नृत्य रहने आयोजकले जनाएको छ। कार्यक्रमले गलिपोली कम्पनीका पूर्व गोर्खाहरूबीच पुनर्मिलन र भाइचारा बढाउने विश्वास लिइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!