एनआरएनएले आगामी असारमा आयोजना गर्ने प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र

SHARE:

लण्डन २५ मार्च २०२४ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी असार १५–१६ गते (२९–३० जुन २०२४)मा आयोजना गर्न लागेको प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र रुपमा अघि बढाएको छ ।

सोही सन्दर्भमा आज अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भगवती चौधरीसँग भेटेर सम्मेलनको अवधारणापत्र बुझाएको छ । भेटमा डा. केसीले सम्मेलनमा नेपाल सरकारको सहकार्यका लागि अनुरोध गर्दै यसअघि पनि विभिन्न चरणमा भएका छलफलको जानकारी गराए । उनले मन्त्री चौधरीको संयोजकत्वमा एक उच्चस्तरीय आयोजक समिति गठन गरी अन्तर्राष्ट्रिय महिला सम्मेलनलाई सफल पार्नका लागि आवश्यक निर्देशन एवं सहयोग गर्नका लागि समेत मन्त्री चौधरी समक्ष अनुरोध गरे ।

जवाफमा मन्त्री चौधरीले संघले आयोजना गर्न लागेको सम्मेलनले स्वदेश तथा विदेशमा रहेका सबैलाई समेटनुपर्नेमा जोड दिँदै समिति गठन एवं अन्य तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने उनले विश्वास व्यक्त गरे ।

संघले सन् २०२४ को २९–३० जुन (२०८१ असार १५ र १६) मा काठमाडौंमा प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना गर्न लागेको हो ।सम्मेलनको तयारी स्वरुप यसअघि पनि मन्त्रालय तथा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।

भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिला सम्मेलनमार्फत स्वदेशका ग्रामिक भेगदेखि विश्वमा उदाहरणीय बनेका महिलालाई साक्षतकार गराउने, महिला बालबालिकाको उत्थान, महिला सशक्तिकरण, स्वास्थ्य शिक्षा लगायतका विषयमा बृहत छलफल गर्ने र सोही आधारमा सरकार तथा सरोकारवाला निकायलाई सुझाव पेश गर्ने बताए ।

यस्तै महिला सचिव टीका गुरुङले संघले सडक बालबालिकाका लागि हाल सञ्चालन गरिरहेका परियोजनाको बारेमा मन्त्रीसमक्ष जानकारी गराएकी थिइन् । आजको भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!