गोर्खाहरूको तर्फबाट मन्त्रीस्तरीय वार्तामा जाने प्रतिनिधिको नाम तय

SHARE:

लण्डन २६ मार्च २०२४ ।

गोर्खाहरूको समस्याबारे मार्च २७ मा हुने मन्त्रीस्तरीय वार्तामा सहभागी हुने गोर्खाका प्रतिनिधिको नाम तय भएको छ ।

सो वार्तामा गोर्खाहरूको तर्फबाट ६ जना प्रतिनिधिले भाग लिन पाउने भनिएकोमा नाम तय गर्न दूतावासमा बैठक बसेको थियो । सो बैठकले प्रतिनिधिको नाम तय गरेको हो । वार्तामा गोर्खाका तर्फबाट मे। रि। जुद्धबहादुर गुरुङ, मे. रि.टिकेन्द्र दल देवान जेपी,धर्मबहादुर तामाङ , कृष्णबहादुर राई, ज्ञानराज राई र केशबहादुर गुरुङ सहभागी हुने भएका छन् ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको पहलमा आइतबार भएको बैठकमा गेसोका सभापति कृष्णकुमार राई र बीजीडब्ल्यूएसका अध्यक्ष टिकेन्द्रदल देवानलाई यस पटकको वार्तामा राख्न राजदूत आचार्यले नै प्रस्ताव गरेका थिए ।

अन्तमा राईको सट्टामा केशबहादुर गुरुङ जाने सहमती जुटेको हो । वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य, सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी हुनेछन् ।

वार्ता बेलायतको रक्षा मन्त्रालय ९एमओडी० मा दिउँसो दुईदेखि साढे तीन बजेसम्म हुनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!