भूतपूर्व गोर्खाहरुको मागबारे आज त्रिपक्षीय वार्ता, को को सहभागी हुँदैछन् ?

SHARE:

फाइल तस्बिर

लन्डन । भूतपूर्व गोर्खाहरुको मागबारे बुधबार (आज) त्रिपक्षीय वार्ता बुधबार हुँदैछ ।

बेलायती रक्षा मन्त्रालयमा दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म वार्ताको समय तय भएको गोर्खा सत्याग्रह संघर्ष समिति युकेले जनाएको छ । बेलायत तथा नेपालका सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिसमेत सहभागी हुने वार्तामा यसपटक गोर्खाहरुको प्रमुख माग पेन्सनले प्राथमिकता पाउने भएको छ ।

वार्तामा नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालयअन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी हुनेछन् भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसन सहभागी हुँदैछन् ।

गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, बिजिडब्लुएस अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ र अनसनकर्ता ज्ञानराज राईले भाग लिँदैछन् ।

यसैबीच, बुधबार बेलायती रक्षा मन्त्रालयभित्र गोर्खा वार्ता चलिरहँदा बाहिर गोर्खाहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन् । गोर्खा सत्याग्रह संघर्ष समिति यूकेले वार्ताका पक्षमा सकारात्मक माहोल बनाउन शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको जनाएको छ ।

वार्तामा जानेहरुको आँट र हौसला बढाउन भन्दै सत्याग्रहले वार्ता सुरु हुनु आधा घण्टाअघि दिउँसो साढे १ बजेसम्म रक्षा मन्त्रालयबाहिर भेला हुन सम्पूर्ण गोर्खा एवम् शुभेच्छुक सबै नेपाली र संघसंस्थाका प्रतिनिधिलाई आह्वान गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!