क्या.रि. रामबहादुर पुन मगर फोक्स्टन नेप्लिज कम्युनिटी केन्ट युकेको अध्यक्षमा चयन

SHARE:

लन्डन २७ मार्च २०२४ । फोक्स्टन नेप्लिज कम्युनिटी केन्ट युकेको अध्यक्षमा क्या.रि. रामबहादुर पुन मगर सर्वसम्मत चयन भएका छन् ।

शनिबार २४ मार्चका दिन कम्युनिटीको आफ्नै कार्यालयमा सम्पन्न नवौं महाधिवेशनले पुनको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष क्या.रि. पुन पूर्वब्रिटिस गोर्खा अफिसर हुन् । सेवानिवृत्त पछि उनी लामो समयदेखि स्थानीय समुदायलगायत विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध छन् ।

बन्द सत्रबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा क्या.रि. रामबहादुर पुन, प्रथम उपाध्यक्ष क्यारि सुमनचन्द्र राई, द्वितीय उपाध्यक्ष ममता गुरुङ, महासचिव डा महा राई, सचिव लिङ्जा राई, कोषाध्यक्ष विक्रम राई र सहकोषाध्यक्ष अवेश राई चयन भए ।

यसैगरी सञ्चार सचिवमा हरिकुमार राई, सहसञ्चार सचिवमा जितभाने पुन, सांस्कृतिक सचिव सुष्मा थापा, सह सांस्कृतिक सचिव गणेश पुन, खेलकुद सचिव भाष्कर राई, सहखेलकुद सचिव सन्तोष गुरुङ, प्रोपर्टी सेक्रेटरी मनबहादुर राई, एसिस्टेन्ट प्रोपर्टी सेक्रेटरी पृथ्वीराज राईलाई जिम्मेवारी तोकिएको छ ।

ज्येष्ठ नागरिक संयोजक क्या रि विष्णुबहादुर सिंह, सह ज्येष्ठ नागरिक संयोजक नर तामाङ, महिला संयोजकमा इन्दीरा राई र सह महिला संयोजक धनु लिम्बू, फुड एन्ड बेभरेज सेक्रेटरी चन्द्रबहादुर शाही, एसिस्टेन्ट फुड एन्ड बेभरेज सेक्रेटरी रमेश राई, युवा संयोजक कुइहाङ लिम्बू र सह युवा संयोजक कञ्चन रोका मगर चयन भएको निर्वाचन आयोजकले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!