बेलायती रक्षा मन्त्रालयमा भएको त्रिपक्षीय गोर्खा वार्ता निष्कर्षविहीन

SHARE:

लन्डन २७ मार्च २०२४ । बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय गोर्खा वार्ता विना निष्कर्ष सकिएको छ।

यसपटकको मन्त्रिस्तरिय वार्ता मुख्य गरि पेन्सनमा केन्द्रित भए पनि कुनै निचोड ननिस्किएको वार्ताका सहभागीले बताएका छन् ।

‘हाम्रो तर्फबाट भूतपूर्व गोर्खाहरुको समान पेन्सनबारे डिटेल्स कुरा भयो’, दूतावासकी उपनियोग प्रमुख रोशन खनालले भनिन् -‘यस अघि पेन्सनमा आज जस्तो विस्तृत छलफल भएको थिएन । बेलायती पक्षले आन्तरिक छलफल पछि फेरि अर्को वार्ता गर्ने भनेको छ ।’

वार्तामा सहभागी गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले प्रमुख मुद्दा पेन्सनमा घनिभूत छलफल भएकोले आउँदो वार्तामा यसले निर्णायक बाटो लिने आशा गरिएको प्रतिक्रिया दिए ।

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसनलगायत कर्मचारी सहभागी भएका थिए।

गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ, बिजिडब्लुएस अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान र अनसनकर्ता ज्ञानराज राईले भाग लिएका थिए ।यसैबीच, बेलायती रक्षा मन्त्रालयभित्र वार्ता चलिरहंदा बाहिर भने गोर्खाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!