
लन्डन ३१ मार्च २०२४ । नेपाली समाज विल्टशायरले नेपाली नयाँ वर्ष २०८१ मनाउने भएको छ ।
आगामी वैशाख १ गते अर्थात् ७ अप्रिल २०२४ मा नयाँ वर्षलाई विशेष भेटघाट एवं आदानप्रदान साटासाट गरी मनाउन लागेको नेपाली समाज विल्टशायर बेलायतका अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए । कार्यक्रम पन्जाबी कम्युनिटी हल स्वीन्डनमा दिउँसो २ बजेदेखि रातिको १० बजेसम्म हुनेछ । लोक तथा दोहोरी गायिका निर्जला गुरुङको प्रस्तुतिसहित कार्यक्रम हुन लागेको हो ।
यस्तै कार्यक्रममा आकर्षक पुरस्कारसहित राफल ड्र (भाग्योदय चिट्ठा) कार्यक्रम समेत राखिने छ । जसको प्रथम पुरस्कार आधा तोला सुन, दोस्रो पुरस्कार २ सय पाउन्ड र तेस्रो पुरस्कार १५० पाउन्ड रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा उपस्थितिका लागि अध्यक्ष गुरुङले बेलायतवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई निमन्त्रण गरेका छन् । आयोजकका अनुसार टिकट दर वयस्कलाई २५ पाउन्ड, ६ देखि १२ उमेर समूहका बालबालिकालाई १५ पाउन्ड र पाँच वर्ष मुनिका बालबालिकालाई नि:शुल्क रहेको छ ।
अग्रीम बुकिङ गरेमा २५ र ढोकामा किन्दा ३० पाउन्ड रुपैयाँमा रहेको छ ।






