बेलायतमा नेवार समुदायले मनाए भव्य रुपमा ‘लन्डन विस्का जात्रा’

SHARE:

लन्डन १४ अप्रिल २०२४ । बेलायत आइ बसोबास गर्ने नेवार समुदायले भव्य रुपमा ‘लन्डन बिस्का जात्रा’ मनाएका छन् ।

पासा पुचः गुथि यूकेको आयोजनामा शनिबार १३ अप्रिलका दिन दोस्रो ‘लन्डन बिस्का जात्रा’ भव्य रुपमा सम्पन्न मनाइएको हो । नेपाली नयाँ वर्ष २०८१ वैशाख १ गते प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, रोयल बरो ग्रीनवीचका उपमेयर जीत रानाभाट, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थितिमा जात्रा मनाइएको हो । जात्रामा रथ तान्ने, विभिन्न बाजा र झाँकी जात्रामा प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मन्तव्यको क्रममा राजदूत आचार्यले बिस्का जात्राले आफू र सहभागीलाई भक्तपुरमा रहेको मसहुस गराएको बताउँदै भन्दै पासा पुचः गुथि यूकेको प्रशंसा गरे । उनले आफ्नो नेपाली संस्कृतिलाई विदेशमा चिनाउन गरेको प्रयास राम्रो भएको उनको भनाइ थियो । नेपालको संस्कृतिलाई बेलायतमा देखाउनु मात्रै होइन नयाँ पुस्तामा हस्तान्तरण गर्नुमा पनि सहयोग पुग्ने भन्दै निरन्तरताको शुभकामना दिए ।

गुठी संस्थाका संयोजक गणपतिलाल श्रेष्ठले नेवा सभ्यताका कारण विभिन्न ठाउँबाट जम्मा भएर सँगै हुने र सुख दुख आपसमा बाँड्न पाउनु नै सम्पत्ति र शक्ति भएको बताए । उनले आफ्नो अस्तित्व र पहिचान स्वरुप विश्वभरि विस्का जात्रा मनाइरहेकोले यसलाई निरन्तरता दिन पासा पुचः गुथि यूकेलाई आग्रह गरे ।

उपमेयर जीत रानाभाटले विस्का जात्राको दिन, नयाँ वर्षमा एकआपसमा सहयोग र सद्भावका साथ अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

औपचारिक कार्यक्रम पासा पुचः गुथि यूकेका अध्यक्ष सुशील प्रजापतिको अध्यक्षतामा भएको थियो । त्यस्तै, नेपाली तथा नेवारी खानाका स्टलहरु साथै नेवा कला, संस्कृति झल्काउने आर्ट एण्ड कल्चरल हेरिटेज फोटो प्रदर्शनी गरिएको थियो ।

एनआरएनएका अध्यक्ष प्रेम गाहामगरले बिस्का जात्रा एकदमै रोमान्टिक लागेको बताए । उनले आउँदो पुस्ताले ग्रहण गर्ने गरी निरन्तरता दिनुपर्नेमा जोड दिँदै अरु संस्थाले पनि यस्ता मौलिक संस्कृति र संस्कारलाई अवलम्बन गर्नुपर्ने सुझाव दिए ।

गुल्मी जिल्ला समाज युकेकी उपाध्यक्ष मञ्जु भण्डारीले आफ्नो भाषा, संस्कृति, धर्मसहित जातीय एकता बिस्का जात्रामा झल्किएको बताइन् ।

मौलिक भेषभूषासहित सहभागी नेवारी समुदायका महिला तथा पुरुषहरुले देशभन्दा बाहिर रहँदा झनै आफ्नो संस्कारको माया लाग्ने गरेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रम महासचिव नगेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रम संयोजन माधवलाल श्रेष्ठ गरेका थिए ।

अन्तमा अध्यक्ष सुशील प्रजापतिले जात्रामा सहभागी प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, विभिन्न झाँक्री प्रस्तुति गर्ने, कार्यक्रम व्यवस्थापनमा सहयोग पुर्‍याउने सबै सबैलाई धन्यवाद दिएका थिए ।

आठ रात नौ दिन मनाइने भक्तपुरको प्रचलित बिस्का जात्रा बेलायतमाा एक दिन मनाइएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!