स्याण्डहर्स्ट नेपाली समाज युकेको नयाँ वर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न

SHARE:

  1. मुकेश राई
    लन्डन १४ अप्रिल २०२४ । स्याण्डहर्स्ट नेपाली समाज युकेको नयाँ वर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

शनिबार १३ अप्रिल २०२४ मा स्यान्डहर्स्ट मेमोरियल पार्कमा रहेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै समाजले नेपाली नयाँ वर्ष २०८१ भव्य रुपले मनाएको हो । कार्यक्रममा संस्थाका महासचिव शमशेर वनेमले स्वागत मन्तव्य गर्दै औपचारिक रुपमा अगाडि बढाएका थिए । लगत्तै अध्यक्ष थापा र प्रमुख अतिथिले पानसमा बत्ती बालेपछि नेपाल र युकेको राष्ट्रिय गान अनि स्थानीय कलाकार नानीहरुले सुन्दर नृत्य र गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वादिष्ट खानपान र पेयसँगै रम्दै, आफ्नो कर्मको व्यस्त समयबाट जुरेको फुर्सदको अमूल्य जमघटमा दिदीबहिनीहरुले फोटो खिच्ने, टिकटक भिडियो बनाउने र मिठो कुराकानी गर्दै रमाइलो माहोल बनाएको सहभागीले बतायो ।

कार्यक्रममा संस्थाका अध्यक्ष नेत्र थापा, प्रमुख अतिथि ब्र्याकनेल काउन्टिका एमपि जेम्स सन्डरल्याण्ड, विशेष अतिथिहरु काउन्सिलर प्रिती लिम्बु, स्याण्डहर्स्टका मेयर रे मसम, स्याण्डहर्स्ट स्कुलका प्रधानाध्यापक गेरेथ क्रक्सन, संस्थाका पूर्वअध्यक्ष एव सल्लाहकारलगायत स्याण्डहर्स्टमा बसोबास गर्दै आएका २५० भन्दा बढी नेपालीहरु उपस्थित भएका थिए ।

सन् २००७ मा औपचारिक रुपमा गठन भएको यो संस्थाले नेपाली चाडबाड र विशेष महत्वका दिनहरुलाई कुनै न कुनै रुपले सामूहिक रुपले निरन्तरता दिँदै आएको छ । यो संस्थाले नेपालीहरुको सद्भाव र ऐक्यबद्धताको परिचायक एवं ब्रिटिस समुदाय र आधिकारिक संघ, संस्थाहरुसँगको सहकार्यमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

अन्त्यमा अध्यक्ष नेत्र थापाले कार्यक्रम भव्य रुपले सफल भएको उद्घोष गर्दै यसको निम्ती उपस्थित सम्पूर्णप्रति आभार प्रकट गर्दै कार्यक्रममा अहोरात्र खट्ने सम्पूर्ण कार्यसमितिका सदस्यहरुलाई विशेष धन्यवाद प्रकटसहित कार्यक्रम विसर्जन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!