बेलायतमा रसमोर काउन्सिल निर्वाचन : तीन नेपाली उम्मेदवार असफल

SHARE:


लन्डन ३ मे २०२४ । बेलायतमा रसमोर काउन्सिलको बिहीबार भएको निर्वाचनमा उम्मेदवार रहेका सबै नेपाली उम्मेदवारहरु पराजित भएका छन् ।

१४ जना काउन्सिलरका लागि भएको निर्वाचनमा विगतमा काउन्सिलर रहेका जीव बेल्बासे र नेम थापा पराजित भएका छन् भने यस वर्ष काउन्सिलरको टिकट पाएका डा विशाल गुरुङ पनि पराजित भएका छन् । उनीहरु सबै कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका थिए । थापा उम्मेदवार रहेको चेरीवुड वडामा लेबरका उम्मेदवार विल ओडोनोभानले जितेका छन् । उनले ९४९ मत पाए भने थापाले ४९८ मत ।

यस्तै बेल्बासे उम्मेदवार रहेको मानोर पार्क वडामा पनि लेबरले जितेको छ । लेबर उम्मेदवारले १ हजार ३४ मत पाउँदा बेल्वासेले ९२७ मत पाए । उता डा गुरुङ उम्मेदवार रहेको वेलिङटन वार्डमा भने गोर्खाहरुलाई माया गर्ने लेबर पार्टीका आलेक्स क्राफोर्डले जितेका छन् । उनले ७४४ मत पाए भने गुरुङले ५०३ मत । निर्वाचनमा ९ स्थान लेबरले, ३ स्थान कञ्जरभेटिभले र १ स्थान लिबडेमले जितेको छ । परिणामसँगै लामो समयदेखि कञ्जरभेटिभको बहुमत रहेको रसमोर काउन्सिल लेबरको बहुमतमा पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!