गुल्मी जिल्ला समाज यूकेको आठौँ अधिवेशन आइतबार अल्डरसटमा

SHARE:

लन्डन ३ मे २०२४ । गुल्मी जिल्ला समाज यूकेको आठौँ अधिवेशन यही आइतबार अल्डरसटमा हुँदैछ । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

कार्यसमितिका अधिकांश पद निर्विरोध भइसके पनि अध्यक्ष र सचिव पदमा निर्वाचन गर्न लागिएको हो । आइतबार मध्याह्न १२ देखि ३ बजेसम्म मतदान गराउने गरी निर्वाचन समितिले जम्मा ३ सय ४२ जना मतदाताको सूची प्रकाशन गरेको छ । यसअघि सधैं सहमतिमै कार्यसमिति चुनिने परम्परा रहँदै आए पनि यसपटक समाज निर्वाचनको मुखमा पुगेको छ ।

समाजको नयाँ अध्यक्ष बन्न वर्तमान उपाध्यक्षद्वय मञ्जु भण्डारी र तारा भट्टराईसँगै महासचिव रुद्र थापा चुनावी मैदानमा छन् । यसअघि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका उपाध्यक्ष वरुण भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपनि अन्य तीन उम्मेदवार यथावत् छन् । सचिव पदमा पनि राधा खरेल र वसन्त खनाल गरी दुई उम्मेदवार कायम रहेकाले निर्वाचन गर्नुपर्ने भएको छ ।

निर्वाचन समिति संयोजक फत्त थापाले निर्वाचनका लागि आवश्यक सबै प्राविधिक तयारी भइरहेको जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!