क्याप्टेन भिम सारु मगर काउन्सिलर पदमा निर्वाचित

SHARE:

लण्डन ।क्याप्टेन भीम सारुमगर गत विहीबार बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदमा निर्वाचित भएका छन् ।

उनि ननिटन एण्ड वेडवर्थ काउन्सिलको सेन्ट मेरिज वडामा लेबर पार्टीको उम्मेदवार रहेका सारुले ८०९ मत पाएर निर्वाचित भएक हुन् । उनीसँगै लेबर पार्टीकै जिल सेफर्ड पनि ७९७ मत पाएर काउन्सिलरमा निर्वाचित भएका छन।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी कञ्जरभेटिभ पार्टीका उम्मेदवारहरुले ३५५ र २९४ मतमा चित्त बुझाउनु परेको छ ।

पाल्पा पुख्र्यौली घर भएका सारुमगर ननिटनमा व्यवसायी तथा सामाजिक अभियन्ताका रुपमा पनि चिरपरिचित छन् । उनको सारु इम्ब्रोडरी नामको व्यवसायका साथै अन्य विभिन्न व्यवसायमा पनि संलग्न छन् ।

क्याप्टेन सारुमगर ननिटनको ब्रिटिश गोरखा भेट्रान्स (बिजीभीए) को पनि अध्यक्ष रहेका छन् ।

सारु यसअघि सन् २०२२ मा भएको स्थानीय निर्वाचनमा पनि काउन्सिलरको उम्मेदवार थिए तर त्यतिबेला उनी निर्वाचित हुन सकेनन् । यसपटक भने उनी चार वर्षे कार्यकालका लागि निर्वाचित भएका छन् । उनले आफ्नो जीतको श्रेय पिता, माता, परिवार र मतदातालाई दिएका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!