
लन्डन । गुल्मी जिल्ला समाज यूकेको आठौँ अधिवेशनबाट रुद्र थापा निर्विरोध निर्वाचित भएका छन् । औपचारिक घोषणा भने बाँकी छ ।
आइतबार अल्डरसटमा भएको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमितिको अध्यक्ष पदमा थापा निर्विरोध अध्यक्ष बनेका हुन् । सहमतिमै समाजको नयाँ उपाध्यक्षमा मञ्जु भण्डारी र तारा भट्टराई ट्रस्टी हुने गरी सहमति भएको हो ।
राधा खरेल सचिवमा र यसै गरी प्रबक्ता वसन्त खनाल बन्ने सहमति भएको छ । यसअघि नै नयाँ कार्यसमितिको उपाध्यक्षमा मुकुन्दहरि खराल र महासचिवमा महलाल घिमिरे निर्विरोध भएका थिए । त्यस्तै, कोषाध्यक्षमा तेजबहादुर श्रीष र सहकोषाध्यक्षमा डम्मर श्रीषको एकल उम्मेदवारी परेकाले निर्विरोध भएका छन् ।
संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, निर्वाचन समिति, विधान समिति, विधान समितिको अन्तिम प्रयासपछि सबै उम्मेदवारलाई सँगै राखेर सहमति गर्न सफल भएको वर्तमान अध्यक्ष वीर बलालले जानकारी दिए।
निर्वाचन समिति संयोजक फत्त थापाले निर्वाचनका लागि आवश्यक सबै प्राविधिक तयारी भइरहेको र समयभित्रै सहमति बनेको स्वागतयोग्य भएको बताए ।






