तमु फोरमले कार्यक्रमस्थल सार्यो

SHARE:

एटा संवाददाता
अल्डरसट । तमु फोरम युकेले आउँदो आइतबार १६ सेप्टेम्बरका दिन फार्नबोरोमा आयोजना गर्ने भनिएको गुरुङ (तमु) खेगी गुरुहरु (पच्यु, लामा र क्ल्हलेप्री) को पहिलो ऐतिहासिक प्रवचन कार्यक्रमस्थल सारिएको छ ।

बाक्लो उपस्थिति हुने संकेतका कारण प्रवचन कार्यक्रम फार्नबोरोबाट अल्डरसटको एम्पायर हलमा सारिएको तमु फोरमका संयोजक क्याप्टेन (रि) राजु गुरुङले जानकारी दिएका छन् । उनका अनुसार प्रवचन सम्मेलन आउँदो १६ सेप्टेम्बरका दिन बिहान ११ बजेलाई तय गरिएको छ । पहिलोपटक हुन लागेको प्रवचनमा गुरुङ (तमु) हरूको संस्कार र संस्कृति अनुसार गरिने पूजा र पितृकार्यलाई समेटेर गुरुङ, (तमू) सांस्कृतिक मञ्च युके, तमुधिं युके, तमु प्हे ल्हु संघ युके र बेलायतमा क्रियाशील ७१ वटै गुरुङ (तमु) संघ–संस्थाहरुको सहयोग रहनेछन् ।

उनले कार्यक्रमस्थल परिवर्तन गर्दा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै सो दिन निर्धारित समयमा अल्डरसटस्थित एम्पायर हलमा उपस्थित भई कार्यक्रमलाई सफल बनाई दिन हार्दिक अनुरोधसमेत गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!