एटा संवाददाता
मिचेट । क्वोने/घोताने/घोन्डे तमु समाजको अध्यक्षमा ह.ले चन्द्रबहादुर गुरुङ चयन भएका छन् ।
गत आइतबार ९ सेप्टेम्बरका दिन मिचेटस्थित तमुधिं भवनमा सम्पन्न क्वोने/घोताने/घोन्डे तमु समाज युकेको वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन पीताम्बर घोताने, महासचिवमा ईन्द्र घोताने, सचिवमा मेजर राजपति घोताने, कोषाध्यक्षमा बोहतबहादुर घोताने, सहकोषाध्यक्ष क्या. भीमबहादुर घोताने, सदस्य तथा प्रवक्तामा रामकुमार घोताने, सदस्य तथा वाणिज्य प्रमुखमा कृष्ण घोताने चयन भएका छन् ।
सदस्यहरुमा विष्णु घोताने, टेकबहादुर घोताने, दुर्गा घोताने, लालकाजी घोताने, कृष्ण क्रिस घोताने, मदन घोताने, सदस्य प्रकाश घोताने, मानबहादुर घोताने, दीपेन्द्र घोतान हेम घोताने, शेरबहादुर घोताने, मनिराज घोताने, विष्णु घोताने, रोशन घोताने, सेरा घोताने, यम घोताने र सदस्य नरेश घोतान चयन भएका छन् ।
त्यस्तै, आमा समूहको संयोजकमा राजकुमारी क्वोन्स्योलाई सर्वसम्मत चयन गरिएको थियो । उनीहरुलाई निर्वाचन मण्डलका संयोजक नारायण क्वोन्मेले निर्वाचित सदस्यहरुलाई खादा लगाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
नारायण कोन्मे संयोजक, ज्ञाम घोताने सचिव र कृष्ण घोताने सचिव रहेको निर्वाचन मण्डलले २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको जानकारी दिएका थिए ।
बेलायतमा रहेका घोतानेहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा समाजका अध्यक्ष नरजङ्ग गुरुङ महासचिव भिम महेन्द्र गुरुङ र कोषाध्यक्षले पेस गरेको प्रगति विवरण व्यापक छलफलपश्चात् पारित गरिएको थियो ।
कार्यक्रममा समाजका आमा संयोजक पुनम क्वोन्स्यो र काउन्सिलर लक्ष्य घोतानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष नरजङ्ग घोतानेले आफ्नो ३ वर्षे कार्यकालमा आपूmलाई सहयोग पुर्याएका कार्यसमितिका सदस्य र सल्लाहकारहरुलाई धन्यवाद ज्ञापन गरे ।
निवर्तमान अध्यक्ष नरजङ्ग घोताने र सबै कार्यसमितिका सदस्यलाई संस्थालाई पुर्याएको योगदानहरुको कदर गरी खादा लगाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा आमा तथा चेलीहरुको सवालमा, आमा संयोजक पुनम क्वोन्स्यो र चेलीहरुबाट संस्थालाई पुर्याएको अटुट सहभागिता र आर्थिक संकलनबारे चर्चा गर्दै निर्वाचन मण्डलका संयोजकले खादा लगाई धन्यवाद ज्ञापन गरेका थिए ।
नवनिर्वाचित अध्यक्षले संस्थाको आर्थिक, भौतिक, बौद्धिक, विकास र तमु संस्थाहरुसँग समन्वय तथा मेलमिलाप कायम गर्न कार्यसमितिका सदस्यहरुसँग आग्रह गर्दै सभालाई सबैलाई धन्यवाद दिए ।
समाजका अध्यक्ष नरजङ घोतानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव ईन्द्र घोतानेले हेल्थ एन्ड सेफ्टीको बारेमा जानकारी दिएका थिए भने उपाध्यक्ष नारदमणि घोण्डेले स्वागत मन्तव्य र महासचिव भिम महेन्द्र घोतानेले कार्यक्रम सञ्चालन गरेका थिए ।






