अल्डरसट । गोर्खा नेपाली टेनिस क्लब युकेले बृहत् टेनिस प्रतियोगताको आयोजना गरेको छ ।
अल्डरसटस्थित आर्मी टेनिस कोर्टमा गत ८ सेप्टेम्बरका दिन बृहत् खेल आयोजना गरिएको हो । २८ वटा टिमले भाग लिएको प्रतियोगितामा सिंगल र डबलतर्फ प्रतिस्पर्धा भएको थियो । जसमा १४ वर्षदेखि ६३ वर्ष उमेरसम्मका खेलाडीहरुले भाग लिएका थिए ।
४ वटा क्याटोगरीमा प्रतिस्पर्धा रहेको मुख्य खेलमा डमर पुन विजेता बने भने पञ्च पुन उपविजेता बने । विजयी खेलाडीहरुलाई क्लबका अध्यक्ष हर्क गुरुङ र मेजर सरोज राईले पुरस्कार वितरण गरेका थिए । लङ्ग टेनिस एसोसिएसन युकेमा समेत दर्ता रहेको सो क्लबमा ६० जना खेलाडीहरु सक्रिय रहेका छन् ।
खानासमेत व्यवस्था रहेको खेलमा क्लबका अध्यक्ष हर्क गुरुङले स्वागत मन्तव्यसहित संस्थाको बारेमा जानकारी दिएका थिए । त्यस्तै, सचिव मोहन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






