तमु समाज युके आमा समुहले ११ औं लेडिज नाइट तथा तीज मनाए

SHARE:

–शिवशरण गुरुङ
लण्डन ।बिगतका बर्षहरुझै गत ८ अगष्ट २०१८ शनिबार तमु समाज युके आमा समुहको आयोजनामा यस बर्षको लेडिज नाईट तथा हरितालिका तिज २०१८ कार्यक्रम लण्डनको वेम्बली बरहाम पार्क स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा भब्यताकासाथ सम्पन्न भयो ।
नारीहरुको महान पर्व तिजको पवन अवसरमा हर्ष र उल्लासमय वातावरणमा आयोजना गरिएको उक्त कार्यक्रममा मुलत लण्डन वरपरका नेपाली नारिहरुको बिषेस उपस्थिति रहेको थियो । तमु समाज युके आमा समुहका अध्यक्ष बिन्दु घलेको अध्यक्षतामा, लण्डन बरो अफ ह्यारोका मेयर कउन्सिलर करीमा मरिकर प्रमुख अतिथि रहेको उक्त लेडिज नाईट तथा तीज बिषेस कार्यक्रमको संचालन तमु समाज युकेका संस्कृतिक सचिब सरु गुरुङ रानाले गरेको थियो र हेल्थ एण्ड सेफ्टि बारे तमु समाज युकेका निबर्तमान अध्यक्ष बिजु गुरुङ जानकारी गराएका थिए ।
आमा समुहका अध्यक्ष बिन्दु घले, प्रमुख अतिथि लण्डन बरो ह्यारोका मेयर काउन्सिलर करीमा मरिकर, तमु समाज युकेका निबर्तमान उपाध्यक्ष बिजु गुरुङ र आमा समुहका निबर्तमान उपाध्यक्ष माया गुरुङले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरि समुदघाटन गरिएको लेडिज नाईट तथा तीज बिषेस कार्यक्रममा तमु समाज युके आमा समुहका आमा दिदीबहिनीहरु, हातेमालो आमा समुह युकेका आमा दिदी बहिनीहरु र अन्य संघ संस्थाका अतिथिगण, महिला प्रतिनिधी तथा नेपाली नारीहरुको बाक्लो उपस्थिपत रहेको थियो ।
लेडिज नाईट तथा तीज कार्यक्रमको मन्तब्य राख्नेक्रममा तमु समाज युके आमा समुहका उपाध्यक्ष मथुरा गुरुङले स्वागत मन्तब्य, अध्यक्ष बिन्दु घलेले धन्यबाद मन्तब्य राखेका थिए । त्यस्तै,  लण्डन बरो अफ ह्यारोका मेयर काउन्सिलर करीमा मरिकरले तमु समाज युके आमा समुहद्वारा आयोजना गरेको महिलाहरुको बिशेष लेडिज नाईट तथा तीज कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि हुनपाउँदा अत्यन्तै खुसी र गर्व अनुभुत गर्दै उपस्थित सबैलाई हरितालिका तिजको शुभकामना सहित हार्दिक धन्यबाद दिए ।  प्रमुख आतिथिले समाजको बिकास र उत्थानमा महिलाहरुको महत्वपुर्ण भूमिका र नारि सशक्तिकरणको बारेमा पनि प्रकाश पारे ।
औपचारिक कार्यक्रम पछि संस्कृतिक सचिब सरु गुरुङ रानाको बिशेष एकल नृत्यबाट आराम्भ गरिएको यस बर्षको लेडिज नाईट तथा तीज बिशेष नृत्य कार्यक्रमको अन्तिम चरणमा गत बर्ष (२०१७) तीजको उत्कृष्ट नृत्यङगना पुजा गुरुङ र २०१६ तीजको उत्कृष्ट नृत्यङगना बिना गुरुङले एकल नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिभिन्न किसिमका आकर्षक पुरस्कारहरुको राफल ड्र, तिजको बिशेष खाना दरखाने पिउने र संगसंगै सल्लाहकार प्रेम गुरुङको तिज बिषेस डिजेमा दिउसो अपरान्ह देखि राति अबेर सम्म सबैले छमछमि तिज नृत्य नाचेर भरपुर मनोरंन्जन गरेका थिए। तिज नृत्यमा उत्कृष्ट नृत्यङ्गनाहरु पुरस्कृत पनि भएका थिए , उत्कष्ट नृत्य नाचेर पुरस्कृत हुनेहरुमा क्रमसस् रितु गुरुङ प्रथम, सईन्द्र के.सि. द्वितिय, स्मिता गुरुङ तृतिय, किरन थापा गुरुङ चौथो, मनिशा राई पाँचौं, नानि माया थापा छैटौं, लिल कुमारि गुरुङ सातौं र काया गुरुङ आठौं रहेका थिए  ।

 

 

उत्कृष्ट नृत्यङ्गनालाई ताज, नटराजको प्रतिमा र लण्डन फेसन हाउसका प्रोपाईटर तथा निर्देशक मनिसा डंगोलले प्रयोजन गरेका प्रथम पुरस्कार दिएका थिए । अन्य पुरस्कृत भएका नृत्यङ्गनागरुलाई बिभिन्न सदस्य तथा अतिथि महानुभावहरुले प्रायोजन गरेका पुरस्कारहरु दिएका थिए । यसैगरि राफल ड्रको थुप्रै पुरस्कारहरु पनि बिभिन्न सदस्य महानुभावहरुले स्वस्फुर्तरुपमा प्रायोजन गरेका थिए ।
कार्यक्रममा तमु समाज युकेका खेलकुद सचिब तथा खाध्य संयोजक हरिमान गुरुङको संयोजनमा, कार्यसमितिका भोलिन्टियर सदस्यहरु, सल्लाहकारहरु तथा सदस्यहरुको सहयोगबाट तयार पारेका तीज बिषेस खानामा आमा समुहका बिभिन्न महानुभावहरुले पनि सेलरोटि, मिनेरल वाटर, अन्य पेय पदार्थ तथा आर्थिक प्रायोजन गरेर सहयोग गरेका थिए।
यस बिशेष कार्यक्रममा हरेक वर्ष जस्तै तमु समाज युकेका खाद्य संयोजक हरिमान गुरुङको संयोजनमा, सदस्यहरुको सहयोगबाट तयार पारेका तीज बिशेष खानामा बिभिन्न महानुभावहरुले सेलरोटि, मिनेरल वाटर, खाध्य पदार्थ तथा आर्थिक प्रायोजन गरेर सहयोग गरेका थिए । त्यसैगरी खाद्य बस्तुको ओसार पसारमा जीवन गुरुङले सहयोग गरेका थिए भने कार्यसमितिका सदस्यहरु, स्वयंसेवक सल्लाहकारहरु तथा सदस्यहरुको सहयोगबाट हल डेकोरेसन देखि सम्पूर्ण काम गरेर चेलीबेटीहरुलाई भरपुर मनोरञ्जन गराए । कार्यक्रममा भिडियोग्राफर बिबिएन ओर्ल्ड टिभि बिनोद थापा र बिसन गुरुङ र फोटोग्राफरमा तमु समाज युकेको युवा समुहका अध्यक्ष ओमकार गुरुङको उपस्थिति रहेको थियो । यस बर्षको ११ ओै लेडिज नाइट र हरितालिका तिज बिशेष कार्यक्रम दिउसो १ः३० बजे आरम्भ भएर बेलुका ११ बजे अन्त भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!