एभरेस्ट टाइम्स साप्ताहिकले विभिन्न कार्यक्रम गरी दसौं वार्षिकोत्सव मनाएको छ । गत शुक्रबार एम्पायर हलमा च्यारिटी डिनर नाइटसहित वार्षिकोत्सव मनाइएको हो । च्यारिटीबाट संकलित रकम नेपालमा क्रियाशील अपांगता भएका महिला पत्रकारको क्षमता अभिवृद्धिमा खर्च गरिने एभरेस्ट टाइम्सले जनाएको छ । कार्यक्रममा पत्रकार, कर्मचारी सम्मान र विभिन्न संघ, संस्था विज्ञापनदाता, कार्यक्रम प्रायोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । विशेष कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी)का केन्द्रीय उपाध्यक्ष कुल आचार्यसहित विशिष्ट पाहुना, बुद्धिजीवी, विभिन्न संस्थाका अध्यक्ष, प्रतिनिधि, पत्रकार, पाठक, शुभेच्छुकलगायतको उपस्थिति थियो । पाहुनाहरुले एभरेस्ट टाइम्सले प्रवासी नेपाली समुदायमा महत्वपूर्ण योगदान दिइरहेकोमा प्रशंसा गर्दै एभरेस्ट जुगौंजुग बाँचिरहोस् भन्ने शुभकामना दिएका थिए । सोही वार्षिकोत्सवमा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुले राखेका मन्तव्यको सारसंक्षेप यसपटक मध्यान्तरमा प्रस्तुत गरिएको छ ।
‘शिक्षा, सभ्यता विकासमा महत्वपूर्ण योगदान’
दुर्गाबहादुर सुवेदी
नेपाली राजदूत, बेलायत

एभरेस्ट टाइम्स पत्रिकाको १० औं वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा नेपाली राजदूतावास र मेरो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । एउटा पत्रिकाले प्रवासमा नेपालीहरुमाझ भाषा, साहित्य, सञ्चार, मनोरन्जन, नेपालीहरुबीच एकता, सहिष्णुता समझदारी अभिवृद्धि गर्ने उद्देश्यले दस वर्षको अवधि पार गर्नु आफैंमा इतिहास हो । यो परिवारका कुलबहादुर थापा, ज्ञाम गुरुङ, लीलामान शेरपुन्जा हरिकुमार गुरुङ (काजी), मिलन तमु, जगत थापा साँच्चै परिवारजस्तो बनेको छ । बेलायतजस्तो नेपाली समाजमा एउटा साझा घरको रुपमा संस्थालाई विकास गर्दै लैजाने पवित्र उद्देश्य बोकेको यस संस्थाले पत्रकारिता, सञ्चारको विकासमा मात्रै होइन, शिक्षा, सभ्यताको विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।
बेलायतको नेपाली समाजलाई एकजुट बनाउन, भाषिक, साहित्यिक, शैक्षिक हरेक कोण र दृष्टिकोणले अगाडि बढाउन एभरेस्ट टाइम्स पत्रिकालगायत यहाँको नेपाली सञ्चारजगतको महत्वपूर्ण भूमिका छ । एभरेस्टको वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न भइरहँदा सम्पादक मिलन ज्ञवाली, सहसम्पादक उमेशराज मोक्तानज्युमा पनि धेरै धेरै बधाई तथा आभार व्यक्त गर्न चाहन्छु ।
कार्यक्रममा बेलायतको नेपाली समाजका सबै क्षेत्र, वर्गलाई प्रतिनिधित्व गर्दै प्रबुद्ध वर्गको जो उपस्थिति भइरहेको छ, यसले दुईवटा कुरालाई इंगित गर्दछ । पहिलो, बेलायतको नेपाली समाजको संचारसँगको सम्बन्ध, सामिप्य बढाउन अग्रसर भइरहेको छ । अर्को कुरा एभरेस्ट टाइम्सले यहाँको समाजलाई अघि बढाउन अग्रसर हुन निर्देश र मार्गनिर्देशन गरिरहेको आजको कार्यक्रमले प्रतिबिम्बित गरिरहेको छ।
अन्त्यमा, एभरेस्ट टाइम्स पत्रिका, सम्पादकीय समूह, व्यवस्थापकीय समूहमा आबद्ध सबै दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक आभार र बधाई व्यक्त गर्दै यस एभरेस्ट टाइम्स प्रालिको दसांै, बीसौं, तीसौं पचासौं र सयौं वर्षहरु मनाउन सक्नेगरी अगाडि बढोस् । जीवन्त भएर रहोस् । अनन्तकालसम्म रहोस् भन्ने शुभकामना दिन चाहन्छु ।
‘जुगौंजुगसम्म जान सकोस्’
कुल आचार्य
उपाध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी)

एभरेस्ट टाइम्सले १० वर्षको दौरानमा आपूmलाई स्थापित गर्न सफल भएको छ । दस वर्षलाई मानवीय कार्यसहितको च्यारिटी डिनर गरेको छ । अब जुगौंजुगसम्म जान सकोस् भन्ने शुभकामना दिन चाहन्छु । संयोग पनि, म एनआरएनए कार्यसमितिमा बसेको ठ्याक्कै १० वर्ष भएको छ । एभरेस्ट टाइम्सले पनि दस वर्ष मनाइरहेको छ । म भित्री मनदेखि गैरआवासीय नेपाली संघको तर्फबाट आभार तथा खुसी व्यक्त गर्न चाहन्छु । सम्पादक हरिकुमार गुरुङ ‘काजी’, लगायत सम्पादकीय टिमले कसैलाई माथि उठाउने, कसैलाई तल पार्ने काम एभरेस्ट टाइम्सले कहिल्यै पनि गरेन ।
टिमका अध्यक्ष कुलबहादुर गुरुङ हुनुहुन्छ, चिम्खोले काइँलाजस्ता दाइहरु हुनुहुन्छ । उहाँहरुको भूमिका सधैं सकारात्मक रह्यो । नेपाली समाज, विशेषगरी बेलायत र संसारभरि एभरेस्ट टाइम्सले स्वच्छ पत्रकारितामार्फत अगाडि जानका लागि जुन कार्य गरेको छ, त्यसका लागि एभरेस्ट टाइम्सलाई लाखौंलाख शुभकामना दिन चाहन्छु । यो पत्रिकाको दसौं वर्षौ अरु धेरै मनाउन पाइयोस भन्न चाहन्छु ।
‘सबै क्षेत्र र समुदाय समेटिउन्’
योगकुमार फगामी
अध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए) युके

एभरेस्ट टाइम्सले १० औं वर्ष पूरा गर्दैगर्दा यहाँहरुले व्यक्तिगत आम्दानीका लागि नभएर, कम्पनी फस्टाउनका लागि मात्रै नभइकन बेलायतमा बस्ने नेपालीहरुका लागि सत्य–तथ्य समाचार सम्पे्रषण गरेर सरहनीय काम गरिरहनुभएको छ । नेपालमा भएका विभिन्न राजनीतिक घटनाक्रम र निर्वाचनहरुका सन्दर्भमा सूचना, बेलायतमा सामाजिक, मानवीय कार्य गरेर होस्, दस वर्ष सफल भएको छ । यहाँहरुले गरेको काम सरहनीय काम छ । वार्षिकोत्सव कार्यक्रम पनि च्यारिटीमा परिणत गरेकामा कार्यक्रम सफलताको कामना गर्दछु ।
तपाईहरुले आप्mनो जातित्व, क्षेत्र, लिंगलाई नछुटाइकन हरेक क्षेत्रलार्ई समावेश गरेर पत्रकारिता गरिरहनुभएको छ । यसरी नै अब पनि सबै क्षेत्र र समुदायलाई समटेर अगाडि बढ्नुहोस । अवश्य पनि १० वर्ष होइन, पच्चीऔं ५० औं, सयौं वर्ष मनाउन पाइयोस् ।
‘सबै सहयोगीप्रति आभार र धन्यवाद’
हरिकुमार गुरुङ ‘काजी’
संस्थापक सम्पादक, एभरेस्ट टाइम्स

दस वर्ष अगाडि फर्कनुपर्दा मलाई आजको यस्तो दिन आउलाजस्तो पटक्कै लागेको थिएन । बेलायतमा यस्तो परिस्थिति आयो कि मिडियामा पहुँच नहुनेले चुनाव जित्नै नसकिने र जितेर राम्रो काम गरे तापनि प्रमाणित नसकिने । यो सन्दर्भ, सन् २००८ को एनआरएनए युकेको चुनावको हो । सोही चुनाव सकिएपछि मिडियामा लगानी गर्न धेरैजना तम्सिए । मिडियामा लगानी सामाजिक प्रतिष्ठासहितको मुनाफा कमाउने व्यापार पनि हो भन्ने उनीहरुमा बुझाइ देखिन्थ्यो ।
म अन्य पत्रिकासँग आबद्ध भइसकेकोेले धेरैजनाले पत्रिका चलाऊँ, यसो गराऊँ भन्नुभएको थियो । पहिलोचोटि आउनुभएको थियो, लीलामान शेरपुन्जाजीज्यु । पत्रिका निकाल्नु रहरको कुरा होइन भनेर उहाँलाई दुईचोटि फर्काएको थिएँ । तेस्रोपटक, उहाँ उपायसहित आउनुभयो । डा.मिलन ज्ञवालीे पत्रकार र व्यवस्थापकको भूमिका निभाइसकेको व्यक्ति हुनाले उहाँसँग मैले राय लिँदा ‘हुन्छ दाजु’ भन्नुभयो । त्यसपछि अघि बढ्यो । अहिलेसम्म टिमका साथीहरु, समाज, मेरो आफन्त दाजुभाइ दिदीबहिनीहरु र तमाम नेपालीहरुले सहयोग गरेर नै आज तपाईंहरुसामु हरिकुमार गुरुङ ‘काजी’, एभरेस्ट टाइम्स सुखदुःख साट्न पाउने अवस्थामा आइपुगेको छ ।
आज सबैभन्दा खुसी मलाई लागेको छ । बाटो अप्ठ्यारो छ भन्ने मलाई थाहा थियो तर जोखिम मोलेँ । साथीहरुलाई त्यही तरिकाले सम्झाए । जोखिम मोल्दाको स्वाद भिन्दै हुन्छ, हुँदोरहेछ । त्यो जोखिम मेरो व्यक्तिगत स्वार्थका लागि थिएन । आज एभरेस्ट टाइम्स लगानीकर्ताको मात्रै होइन, सबैको साझा सम्पत्ति बन्न पुुगेको छ । समाजमा रहेका आवाजविहीनहरुका आवाज बुलन्द बनाउन केही दिनु थियो । मैले कोसिस गरेँ । मेरा टिमका साथीहरुले धेरै दुःख र मलाई सहयोग गर्नुभयो । यस क्रममा विशेषगरी दुत पुन (चिम्खोले काइँला)ले धेरै सहयोग गर्नुभएको छ । पूर्णबहादुर गुरुङको मेहनत र इमानदारिता, समय सान्दर्भिक समाचार सामग्री पस्कन र पारिवारिक सदस्यकै काम गर्नुहुने नेपाल टिमका साथीहरु खिम घले, डण्ड गुरुङ, टीकाराम तामाङ । त्यस्तै, एभरेस्टले जन्माएको फोटोग्राफर मिलन तमु, पूर्वी भेगलाई जोड्ने काम गर्नुहुने नगेन्द्र नेम्वाड, एभरेस्ट टाइम्स डटनेट अनलाइनमार्फत संसारभरि एभरेस्टको समाचार, भिडियोलगायत गतिविधि सम्प्रेषण गराउनुमा मद्दत गर्नुहुने सविन्द्रकुमार गुरुङ, अध्यक्ष कुलबहादुर थापालगायत सम्पूर्णका साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
संस्थाको नाम लिन जाँदा छुट्न जाला । त्यसैले सबै संघसंस्थाहलाइै एकमुष्ट धन्यवाद । पाठक वर्ग, विज्ञापनदाता, शुभेच्छुकहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । सबैले केही न केही रुपमा एभरेस्ट टाइम्सलाई यो उचाईमा ल्याइपु¥याउन सहयोग गर्नुभएको छ, तपाईहरुप्रति आभार र धन्यवाद प्रकट गर्दछु ।
‘एभरेस्ट टाइम्स समुदायको सम्पत्ति’
खिम घले, वरिष्ठ पत्रकार

एभरेस्ट टाइम्सले पत्रिकाले दस वर्ष पार गरेको छ । म झन्डै सात वर्षअघि यो पत्रिकासँग आबद्ध हुन आइपुगेँ । सुरुमा हामीलाई लाग्थ्यो, अरुजस्तै रहर गर्ने, पत्रकारिताको नाममा आप्mनो वश्र्चस्व बढाउन खोलिएको कुनै पत्रिका होला भन्ने । एभरेस्टमा आबद्ध हुनुपूर्व लामो छलफल भयो । तर, हामीले उहाँहरुलाई जति चिन्दै आयौं, उहाँहरुको ‘मोटिभ’ थाहा पायौं । उहाँहरु साँच्चि नै बेलायतवासी नेपालीलाई केही गर्न चाहने, भाषा, संस्कृति जोगाउने सन्दर्भमा केही गर्न चाहनुहुन्छ । नेपालका विभिन्न भेगबाट यहाँ आएर बसिरहनुभएका नेपालीहरुबीच सेतुको काम गर्न चाहनुहुन्छ भन्ने थाहा पायौं । त्यस समयदेखि डायस्पोराबाट निस्किरहेको पत्रिकालाई सघाइरहेको छौं । यो लामो समय भयो । हामीसँग थुपै उदाहरण छन्, यस्तो सम्बन्ध छोटो–छोटो समयमा टुट्ने गरेका ।
हामीलाई लागेको दुई कुरा, उहाँहरुले बेलायतका नेपाली डायस्पोरालाई जोड्ने सेतुको रुपमा काम गर्नुभयो र हामीसँगको कमिटमेन्ट इमानदार ढंगले पूरा गर्नुभयो । हामीबीचको सम्बन्ध हरेक अंक, वर्ष थप मजबुत हुँदै गयो । हामो सम्बन्ध व्यावसायिक होइन, बढी भावनात्मक रुपमा बढ्दै गइरहेको छ ।
अहिले हामीले एभरेस्ट टाइम्सको माध्यमबाट जे–जे गरिरहेका छौं, त्यो विशुद्ध रुपमा सामुदायिक पत्रकारिता हो । यो पत्रिका बाँच्छ भने, सबै समुदायका लागि बाँच्छ । मर्छ भने समुदायको असहयोगले मर्छ ।
नेपालका मूलधारका पत्रिकामा वा मिडियामा काम गर्ने पत्रकारुहरु पूर्णरुपमा व्यावसायिक हुन नसकेको सन्दर्भमा एभरेस्ट टाइम्सको युकेमा रहेका व्यवस्थापक र पत्रकार साथीहरु कुनै पनि सन्दर्भमा व्यावसायिक हुन सक्दैनन् । तर, सामुदायिक पत्रकारितामा सबैभन्दा स्वयंसेवी भावनाको हिस्सा हुन्छ । त्यही भावनाले यो पत्रिका बाँचेको छ । अबको दिनमा पनि यहाँहबाट एभरेस्ट टाइम्सलाई सहयोग प्राप्त हुनेछ । हामी नेपालको टिम र एभरेस्ट टाइम्सको युकेमा रहेको दुवै टिमले तपाईंहरुको भावनाअनुसार अगाडि बढ्न् छ । एभरेस्ट टाइम्स समुदायको सम्पत्ति हो । तपाईंहरुलाई अधिकार छ, आलोचना गर्ने, मन लागेको कुुरा बताउने र सहयोग गर्ने ।
फेरि भन्छु, दस वर्ष पुगेको एभरेस्ट टाइम्स हराउँछ भने, नासिन्छ भने बन्द हुन्छ भने यहाँहरुको असहोगले मात्र हुन सक्छ । यो पत्रिका अझै निरन्तररुपमा तीसांै वर्षसम्म तपाईंहरुसँग जोड्ने सेतुको रुपमा, सामुदायिक पत्रकारिताको रुपमा, नेपाली डायस्पोरामा बस्ने सदस्यको रुपमा रहन, विकास हुन र अपनत्वका लागि चाहिने हो । तपाईंहरुले अहिलेसम्म सहयोग गरिरहनु भएको छ, अझ सहयोग बढाउनुस्, हिस्सेदारी खोज्नुहोस् । यो मेरो पनि हो भन्नुहोस् । उहाँहरुले समेट्नु हुनेछ ।
सामुदायिक पत्रकारिताको सिद्धान्तअनुसार हामी चल्दै जाने हो । हामीले नकार्न मिल्दैन, नकार्न सक्दैनौं । तपाईहरुको सुझाव ग्रहण गर्नु हुनेछ । सामुदायिक पत्रिकाको रुपमा यसको ओनरसिप तपाईंहरुको हातमा पनि हुनेछ, हुन्छ । अहिले पनि सबैको हो ।
‘समावेशी हुन नसक्दा मिडिया टिकेन’
डण्ड गुरुङ
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)

सामान्यतः नेपालमा पत्रकारिताको विकास, अभ्यास आफैंमा पनि चुनौतीपूर्ण छ । यति लामो समयसम्म प्रवासमा रहेर नेपाली पत्रिका सञ्चालन गर्ने कुरा साँच्च नै चुनौतीपूर्ण थियो । तथापि एभरेस्ट टाइम्सले १० औं वार्षिकोत्सव मनाउने कुरा चानचुने विषय पक्कै पनि होइन । यो कुरा भनिरहँदा पत्रिकाको सहकर्मीको हैसियतले आज हामी साँच्चै नै गौरवान्वित भएका छौं । अत्यन्त खुसी छौं ।
हरेक दिनजसो पत्रिकाहरु निस्कन्छन्, एफएम स्टेसनहरु खडा हुन्छन्, टेलिभिजनहरु खडा हुन्छन् । तर, छोटो समयमा बन्द हुन्छ । किन ? एउटै मात्रै कारण छ, नेपाली पत्रपत्रिका, नेपाली सञ्चारमाध्यमहरु वास्तवमा नेपाली समाज सुहाउँदो, समावेशी छैनन् । समावेशी हुन सकेन । त्यसो भएकोले नेपाली पत्रपत्रिकाहरु सबैको लागि पठनीय हुन सकेन । सबैले अपनत्व महसुस गर्न सकेन । सबैले यो मिसनमा यो मेरो पनि संचारमाध्यम हो । यो समाचार माध्यमले मेरो पनि आवाज बोल्छ । आज एभरेस्ट टाइम्सले १० औं वार्षिकोत्सवम मनाउने कारण हो, तपाईंहरुको माया, सद्भाव सप्रेम र तपाईंहरुको भावनाका कारण हो ।
त्यसैले एभरेस्ट टाइम्स साप्ताहिक पूर्णतः समावेशी संचारमाध्यमको रुपमा उभिन सफल भएको छ । जसकारण व्यावसायिक ढंगले उभिन सफल भएको छ । त्यसैले पत्रिकाका संस्थापक, टिम सबैलाई यो खुसीयालीको अवसरमा धन्यवाद दिन चाहन्छु । र, यो पत्रिका पढेर, विज्ञापन दिएर, सुझाव दिएर र आप्mनो ठानेर माया गरिदिनुभयो । आगामी दिनमा पनि माया गरिदिनुहुने छ । यस अवसरमा उहाँहरु सबैजनामा हार्दिक हार्दिक नमन गर्न चाहन्छु ।
‘नेपालीलाई बलियो बन्न ठूलो योगदान दिएको छ’
रामकृष्ण ज्ञवाली
केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ

कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको छ । नेपालबाहिर पनि १० वर्षदेखि निरन्तररुपमा पत्रिका प्रकाशन हुनु नेपाली पत्रकारका लागि र नेपाली पत्रकारिताको विद्यार्थी भएको नाताले गर्वको कुरा हो । यसलाई दस वर्षसम्म सञ्चालन गराउने टिमलाई धन्यवाद । त्यस्तै अपांग, महिला भएर पनि पत्रकारिता क्षेत्रबाट पनि मद्दत गरिरहनु भएका, आम जनतालाई सुसूचित गराउने काममा लाग्नेहरुको सम्मानमा आयोजित यो कार्यक्रमबारे नेपालमा गएर भन्न पाउने भएकोमा गर्वको अनुभूति भएको छ । यो अवसरमा एभरेस्ट टाइम्स परिवारप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।
हामीलाई थाहा छ, नेपालमा थुपै खालका उतारचढाव भएका छन् । तर, बेलायतमा बसेर पनि आप्mनो देश जन्मभूमि रामो भइदिएहुन्थ्यो भन्ने चिन्ता धेरैमा पाएको छु । यहाँ बसेर नेपालीपन हेरेर, नेपाली भाषामा निकालिएको पत्रिकालाई माया गरेर दसौं वर्षसम्म ल्याउनुभएको छ । यसले नेपालका संचारकर्मीहरु, राजनीतिक दलहरुलाई सकारात्मक सन्देश दिएको हो । जात, धर्म, लिंग, क्षेत्रभन्दा पहिलो देश, नेपाल हो, नेपाली हो । ‘हामी नेपाली हौं’ भन्ने सन्देश छर्नु भएको छ । यसले नेपालीलाई बलियो बन्न ठूलो योगदान दिएको छ भन्ने लागेको छ ।
नरेश खपांगीमगर
अध्यक्ष, पत्रकार महासंघ युके

एभरेस्ट टाइम्स युके परिवारलाई हार्दिक बधाई तथा शुभकाम धन्यवाद । त्योभन्दा अगाडि एभरेस्ट टाइम्सका पाठक, विज्ञापनदाता, शुभेच्छुकहरुमा शुभकामना । पत्रिमा लागनी व्यक्तिगत छ । तर, यसको कन्टेन छापिने सामग्री उहाँहरुको मात्र होइन । युकेमा बस्ने सम्पूर्ण नेपालीहरुको हो । त्यसले गर्दा यहाँले दिएको अपार मायाले गर्दा एभरेस्ट टाइम्स दसौं वर्ष मनाउन सफल भो । भनिन्छ, ‘पत्रकारिताले सूचना दिन्छ, मनोरन्जन दिन्छ, उत्पेरणा दिन्छ ।’ तर, एभरेस्ट टाइम्सले प्रवासमा नेपाली भाषा, संस्कार संस्कृति, धर्म, प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । त्यसको निम्ति एभरेस्ट परिवार बधाईको पात्र बनेको छ । धन्यवादको पात्रा ।
पत्रकार महासंघ युकेको अध्यक्ष भएको नाताले मेरो थपिएको दायित्व अर्को पनि छ । यहाँका मिडिया, पत्रिकाले पस्कने सामग्रीहरु अझै स्तरीय होस्, गुणस्तरीय होस् यहाँहरुले खोजेजस्तो, सोचेजस्तो होस् भन्न चाहन्छु । महासंघ युके पनि प्रशिक्षण दिन चाहन्छ । हामा सदस्यहरु सीप दक्षता अभवृद्धि गर्न सकोस् । त्यसका निम्ति हामीलाई कम्युनिटीको साथ सहयोग चाहिएको छ ।
अर्काे कुरा कम्युनिटीमा शुद्धता ल्याउन, पत्रकारिताको विकासका लागि समाचारको ‘कन्फ्युजन’ हटाउन र यसको विकास, संस्थागत विकासका लागि यहाँहरुले सहयोग पु¥याउनु अनुरोध छ । यहाँहरुले कुनै सामग्री छपाउन, व्यक्तिगत रुपमा सहयोग होइन, मिडिया विकासका लागि सहयोग गर्नुहोस्, मिडियामा विज्ञापन दिन सुझाव दिन चाहन्छु ।
अन्तमा नेपाली पत्रिका पढिदिनुहोस्, टेलिभिजन हेरिदिनुस् होस्, एफएम रेडियो सुनिदिनोस्, अनलाइन हेरिदिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।
प्रमिला लाबुङ राई
अध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके

एभरेस्ट टाइम्सको दसौं वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा एकदमै हर्ष लागेको छ । यहाँहरुले पत्रकारिता क्षेत्रमा सहयोग गर्नुभएको छ, दिनुभएको छ । यहाँहरुको उपस्थितिले हौसला मिलेको छ । खुसी लागेको छ । फेरि पनि अर्को दशकको कार्यक्रम आयोजना गर्न पाओस् । एभरेस्ट टाइम्सलाई उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकमना फोनिज युकेको तर्फबाट ।






