नेपाली मेलामा लमजुङ समाज युकेले लगातार एम्बासेडर कप जित्नुको रहस्य

SHARE:

परशु गुरुङ
लन्डन । विगत दुई वर्ष लगातार एम्बासेडर कपको विजेता भइसकेकोले यसवर्ष पनि नेपाली मेलामा सहभागी भई तेस्रोपटक यो उपाधि जित्ने लमजुङ समाज युकेले ठूलो सपना देख्नुको साथमा संकल्प गरिरहेको थियो । ११औं वार्षिक साधारणसभामा सर्वसम्मतले निर्णय गरेअनुसार लमजुङ समाजको नेतृत्वमा यस वर्षको नेपाली मेलाको संयोजक पूर्णराज गुरुङ र सह–संयोजकहरुमा परशु गुरुङ, श्रीमती तारा गुरुङ र ईन्द्रजित गुरुङलाई चयन गराइएको थियो । सबैको मनस्थितिमा यसवर्ष के गर्लान् त यी संयोजकहरुले ? के ह्याट्रिक गर्न सकिएला त ? हामीहरुले जित्नका लागि के पहल गर्नु पर्ला त ? त्यस्तै अनेकौं सोचहरु नआएका होइनन् । ती शंका उपशंकाहरुलाई प्रमाणित गराउने गहन जिम्मेवारी यी संयोजकहरुको काँधमा बिसाईएको थियो लमजुङ समाज युकेले ।

बेलायतको ब्यस्त दैनिकी जीवन, निजी तथा अन्य संघसंस्थाहरुको विधिध कार्यक्रमहरुमा हुनुपर्ने सहभागिता, निजी जीवनयापनको रोजगारी, त्यसमाथि आकस्मिक आईपर्ने घटना तथा भेटघाटतिर पनि संलग्न हुनुपर्ने स्थितिले यस नेपाली मेलाको लागि एउटा छुट्टै समय तालिका तयार गर्नु अति नै कठिन बिषय थियो । तैपनि यस कार्यक्रमलाई विशेष प्राथमिकता दिएर आईतवार २२ जुलाई २०१८ को अपरान्ह फार्नबोरो कम्युनिटी सेन्टरमा नेपाली मोला संयोजन बैठक बोलाएको थियो । बैठकमा संयोजक पूर्णराज गुरुङले मेलाको लागि तय गर्नुपर्ने सरसामानहरु र प्रस्तुत् गरिने बिधाहरु र प्रशिक्षणका मितिहरुको जानकारी गराए । सह–संयोजकहरु परशु गुरुङ, तारा गुरुङ र ईन्द्रजित गुरुङले पनि आफुहरुले यथाशक्य सहयोग र योगदान पु¥याई सबैको सपना साकार बनाउने एक्यबद्धता जनाइएयो ।

समयको छाल संगसंगै नेपाली मेलाको दिन नजिकिदै आइपुगेको हुनाले विभिन्न बिधाहरुको तयारीको लागि संयोजकहरु तल्लिन थिए भने सरसामग्री जुटाउन पनि उति नै ब्यस्त भए । यहाँ मात्र नभएर नेपालबाट पनि कतिपय सरसामानहरु झिकाउनु पर्ने अवस्था थियो । नेपालबाट रबि गुरुङ (भूतपूर्व १ आरजीआर), योकुमारी गुरुङ र श्रीमती नन्दा गुरुङ (श्रीमती पर्शु) को संयोजनमा गाउँ गाउँबाट सामानहरु खोजी समयमै हिथ्रो विमानस्थलमा पठाउने ब्यवस्था मिलाई दिए । विमानस्थलबाट खबर पाएपश्चात संयोजक पूर्णराज गुरुङ आफैले सामानहरु संकलन गरे ।

संयोजकहरु र समाजका अध्यक्षबीच आन्तरिक सम्पर्क भई नै रहेको थियो । आ–आफ्ना जिम्मेवारीहरु यथासम्भव निभाईरहेका थिए । सबैजनाले, जस्तै ठाडोभाका र चुड्का (कौडा) मा इन्द्रजित गुरुङले संयोजन गरेका थिए भने महिला सहभागीहरुका लागि आन्तरिक संयोजन तारा गुरुङले गरिरहेकी थिईन् । दिलमाया गुरुङको संयोजकत्वमा लमजुङ जिल्लाको अति नै लोकप्रिय रोधीघर बसाईको काल्पनिक दृश्यलाई समावेश गरिएको थियो । सहभागी र प्रतिस्पर्धाको लागि तयारी होस् या नहोस्, समयको छालको बगाई एकैनास त हो । नजिकै आईपुग्यो २६ अगष्टका दिन । प्रतिकुल मौसमको संकेतले प्रस्तुतिमा बाधा पु¥याउने पो हो कि भन्ने चिन्ता सबैमा थियो । तैपनि युकेको मौसमको त्यति बिश्वास गरी नहाल्नु भन्ने कुरामा निर्धक्क थिए सबैजना । शनिबार २५ अगष्टको अपरान्ह संयोजक पूर्णराज गुरुङ, जमुना गुरुङ, अध्यक्ष बोहत गुरुङ, लक्ष्मी गुरुङ र परशु गुरुङ संयोजककै घर निवासमा ब्यस्त भए मध्यरातसम्म भोलीपल्ट अर्थात नेपाली मेलामा प्रस्तुतिका लागि सरसामानहरु तयार पार्दै ।

संयोजकहरुलाई एकातिर नतिजा कस्तो आउला भन्ने खुल्दुली थियो भने, के समाजको सपना पूरा गर्न सकिएला त भन्ने पिरालो, अर्को तिर मौसमको खराबीको कारण उपस्थितिमा कतै कमी पो हुने हो कि भन्ने चिन्ता, त्यस्तैगरी विभिन्न स्थानबाट यातायातको प्रबन्ध मिलाउनु झनै जटिल थियो । त्यस्तैगरी खाना नास्ता पेयपदार्थहरुको व्यवस्थापन गर्नुमा उतिकै झन्झट र चिन्ताले सताईरहेको थियो । किनभने मौसमको खराबीले गर्दा अन्य कुराहरुमा सम्भावित र निश्चितता नहुनु स्वभाबिकै थियो । तर, समाजको अध्यक्षलगायत संयोजकहरुको चिन्तालाई निश्चिन्ता पार्दै सोंचेको भन्दा बढी सहभागिताहरुको उपस्थितिले संयोजकहरुलाई ठूलो संतुष्टी मिल्यो । खराब मौसम भएता पनि सबैजना निर्धारित समयमा क्याम्पटन पार्क रेस कोर्ष स्टेन्समा उपस्थित भएको देख्दा संयोजक टोली ज्यादै प्रफुल्ल देखिन्थे । सबैजना आ–आफ्नो भेषभुषामा सज्जिएर आ–आफ्नै बिधाको टोलीमा बसेर गाउँने बजाउँने गर्न थाले ।

झाँकीको लागि तयार हुनुपर्ने संकेत पाएपछि बाध्यतावश झाँकी नियन्त्रक तथा सह–संयोजक परशु गुरुङ र क्याप्टेन देब घलेले माया र करुणालाई एकातिर पन्छाएर निर्दयी मुटु लिएर ४ बर्षे बालक देखि ९४ बर्षको उमेरका बृद्धासम्मका सबैजनालाई पानीमा उभ्याए लमजुङेको झाँकी प्रस्तुतिको लागि । तरपनि कसैको अनुहारमा खिन्नता र उदासीपन थिएन । सबैमा उत्साह र उमँग देखिन्थ्यो अनि एकार्कामा हाँसो गर्दै थिए “यतिका दुःख नगरे त कसरी ब्mदबककबमयच ऋगउ पच्छ हजुर । “कसैले भन्ने गर्थे “आज चाहिँ व्हिस्की तान्नु पर्छ है“… आदि आदि । निथु्रक्क भिज्दै सयौं दर्शकहरुको र श्रद्देय निर्णायकहरु समक्ष पुगे लमजुङ समाज युके विभिन्न प्रकारका सरसामान र औजारहरुका साथमा । यता उद्घोषकद्वय सूर्य गुरुङ तथा पुनम गुरुङले गत दुई बर्षको विजेता भन्दै लमजुङ समाजको गुणगान गाउँदै थिए । संयोजक पूर्णराज गुरुङले मेलाको मूल उद्देश्य, लमजुङ जिल्लाको परिचय, संस्कृति, परम्परा, सम्पदा र पहिचानको बारेमा प्रष्ट्याउँदै थिए, मञ्चबाट । प्राङ्गणमा धर्म गुरु धर्मगुरु (लामा घ्याब्रे) हरुले आफ्नै शैलीमा बुद्धिष्ट ज्ञान पढ्दै थिए, हलिले गोरु जोत्न थाले भने गाउँले तरुनीहरु घाँस दाउरा बोकेर आउँदै थिए, गोठाला आफ्नो भारी बिसाउँदै गरेको त कोही ठेकीमा दही मथ्दै थिए, कोही ठिटाठिटीहरु रोधी घरमा रमाईरहेका थिए भने कोही ढिकी जाँतो गर्नमा ब्यस्त, कोही मौलिक नाच चुड्का, ठाडो भाका, रत्यौली र तीजमा रमाईरहेका थिए भने कोही बाह्रमासे घाँटु नाच, कृष्णचरित्र नाच र स्यार्का नाचमा जोसिंदै थिए । त्यति मात्र कहाँ हो र कोही कोलमा अमिलो पेल्दै थिए, कोही गहुँ झाँट्दै थिए भने कोही राडी बुन्नका लागि चर्खामा ऊन कात्दै थिए । “हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो पहिचान, हाम्रो गौरव र हामी लमजुङे सदाको लमजुङे” लेखेको ब्यानरले साँचीनै सबै दर्शकहरुलाई आकर्षित पारेको आभास हुन्थ्यो । उद्घोषक तथा उद्घोषिकाले लमजुङ समाजलाई बिदाई गराउँदै तामाङ समाजलाई स्वागत गर्न लागेको हुनाले लमजुङ समाज सबैको नजरबाट बिस्तारै ओझेल पर्दै गए ।

पानीले निथु्रक्क रुझाएको भएतापनि सबैजना अति हाँसिलो मुहारमा हल भित्र पसे जहाँ सुरेन्द्र घले, जङ गुरुङ, ठाकुर प्रसाद गुरुङ, तातो खानाको साथमा समाजलाई खुवाउनको लागि पर्खी बसेका थिए हल भित्र । तातो खानाको साथमा मिठा गफ गर्दै थिए भने कोही अब कृष्ण चरित्र नाचको प्रस्तुति कस्तो हुने हो कुन्नी… त्यस्तै त्यस्तै कुराकानीमा मस्त देखिन्थे । कृष्ण चरित्र नाच टोलीले केही समय तालिम गर्न थाले । कसैबाट संकेत आयो अब हाम्रो प्रस्तुतीको पालो आयो रे ।

सबैजना बाहिर निस्के स्टेजको नजिकै पुगेर तयारीमा बसे सबैको गलामा फूलको माला र कानमा फूलको थुँगा सिउँरेको, निंधारमा दही चामलको सेतो टीका लगाएको, कसैको छोराको पुट्पुटेमा जानको लागि तयार भएझैं देखिन्थ्यो । उद्घोषकको संकेतमा सबै स्टेजमा चढे । छोरी चेलीहरुले बटौली बाबाहरु (क्रथेब, चिबथेबमै) लाई राडीमा बसालेर रोटी रक्सीले स्वागत गर्दै थिए । सह–संयोजक परशु गुरुङको कृष्णचरित्र नाचको बारेमा छोटो परिचय पश्चात ७८ बर्षिय लेखमान गुरुङ (नाच गुरु) ले ठोकान (मौलिक भाषा) हाली कृष्ण चरित्र नाच प्रस्तुत् गर्न थाले । अन्तमा फेरि ठोकान बाटै प्रस्तुतिको समापन गरे । यो नृत्य मौलिक तथा परम्परामा आधारित साथै श्रीकृष्ण भगवानको जीवनीमा आधारित छ भन्ने कथनलाई सयौं दर्शकहरुको सामुमा प्रमाणित भएको थियो । डम्बर गुरुङको शरीरमा आएको ठूलो कम्पनले, मौलिक भाषामा सरस्वती आएको भन्छन् । यसलाई ठोकान बजाएर नै डम्बर गुरुङको आङबाट सरस्वतीलाई मुक्त गराईयो । स्टेजबाट कृष्ण चरित्र नाच टिम बिदा भए ।

गोधुंली साँझ भईसक्दा पनि दर्शकहरु अझै अन्तिम नतिजाको पर्खाईमा बसेका थिए । तमुधिं युकेका महासचिव कृष्ण गुरुङ मञ्चमा आए हातमा नतिजाको कागजपत्र बोकेर । महासचिवले शुरुमा भाग्योदय चिट्ठाको विजेताहरुको नाम बोलाए पश्चात् कार्यक्रमका सभापति तथा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, प्रमुख अतिथि महामहिम राजदुत डा.दुर्गाबहादुर सुबेदी, कार्यक्रमको संयोजक हित काजी गुरुङलगायत अन्य विशिष्ट ब्यक्तिहरुलाई पुरस्कार वितरण गर्नको लागि मञ्चमा आमन्त्रण गरे । केहि समाजहरुलाई सान्त्वाना पुरुस्कारहरुले पुरस्कृत गराए पश्चा् यो बर्षको नृत्य तर्फ तेश्रो स्थानमा सिकलेस पार्चे समाजको नाम लिए भने द्वितीय पुरुस्कार लमजुङ समाजले पाए भने प्रथम पुरुस्कार घान्द्रुक समाजले हात पारे । त्यस्तै गरि झाँकी तर्फ दोश्रो र तेश्रोको नाम नलिए पनि लमजुङ समाजले प्रथम स्थान ओगटेको थाहा भएको थियो । महासचिव कृष्ण गुरुङले यसबर्षको Ambassador Cup को दोश्रो पुरुस्कारको लागि सिक्लेस पार्चे समाजलाई बोलाए । त्यसपश्चात उनले बडो गम्भीरका साथ यस १०औं नेपाली मेलाको Ambassador Cup तथा NRNA Cup को विजेता भनी केही छिन रोकिंदा दर्शकहरुबाट एकै स्वरमा “लमजुङ समाज“ भनी चिच्याउँदा महासचिव अकमक्क परेको आभास देखिन्थ्यो । अन्तत लमजुङ समाज युकेले गत ३ बर्ष लगातार बिजय प्राप्त गरिसकेको र यस बर्षको विजेता पनि लमजुङ समाज प्रथम भई ह्याट्रिक गरेको उद्घोषणा गरे महासचिव र अर्को उद्घोषक सूर्य गुरुङको एकै स्वरमा । मञ्चमा पुष्प वर्षा भयो । त्यतिखेर यो प्रस्तोता मात्र नभएर अध्यक्ष बोहत गुरुङ, संयोजक पूर्णराज गुरुङ लगायत अन्य महानुभावहरु हर्षले भावुक भएको देखिन्थ्यो । महामहिम राजदुत, तमुधिं युकेका अध्यक्ष लगायत अन्य बिशिष्ट सर्जकहरुको बाहुलीबाट यस दशौं नेपाली मेलाको Ambassador Cup अनि NRNA UK Cup लमजुङ समाज युकेलाई प्रदान गरियो ।

अध्यक्ष बोहत गुरुङको अगुवाईमा ३ पटक Lamjung Samaj Hip-Hip Hurray गराइयो । “लमजुङे कुनै कुरामा कञ्जुस्याँई गरिंदैन” भन्ने कुरामा प्रमाणित गराउँदै समाजका अध्यक्ष श्री बोहत गुरुङज्युले प्रथम पुरुस्कारमा पाए बापतको रकम तमुधिं युकेको भाबी कार्यक्रमको सहयोगार्थ तमुधिं युकेको अध्यक्ष ज्ञाम गुरुङलाई हस्तान्तरण गरे । यसरी नै लमजुङ समाज युकेको इतिहासमा फेरि अर्को अबिस्मर्णिय पाना थपियो तेश्रो पटक पनि यो Ambassador Cup र NRNA UK Cup आफ्नो घरमा भित्र्याउँदै ।

सबैले भन्ने गर्दछन् सयोजकहरुले ज्यादै राम्रो काम गरे, त्यसैले सफलता प्राप्त भयो । यसमा केहि हद्सम्म स्विकार्य छन्, तथापि यो ऐतिहासिक सफलता प्राप्त गर्नुको पछाडि युकेबासी सम्पूर्ण लमजुङे शुभचिन्तकहरुको अतुलनीय योगदान, प्रत्यक्ष, अप्रत्यक्ष, भौतिक, नैतिक, आर्थिक सहयोग र सल्लाह सुझाबको प्रतिफल हो । सबैजना धन्यबादका पात्र हुनुहुन्छ । समग्रमा भन्नु पर्दा धन्यबाद दिनु पर्ने महानुभावहरु अनगिन्ती छन् । नाम लिन असमर्थ भएकोमा यो पंक्तिकार क्षमा याचना गर्दछु । तथापि लमजुङ समाजको अध्यक्ष बोहत गुरुङ जो समाज सेवामा सपना देख्ने मात्र होईन अहोरात्र खटी बिभिन्न पक्षमा सुब्यवस्थाको लागि दिएको अतुलनीय सल्लाह सुझाब र सहयोगले संयोजक टोलीलाई ठूलो उर्जा र हौसला मिलेको थियो । उनलाई शब्दले धन्यबाद दिएर पर्याप्त हुन सक्तैन । उनीप्रति हार्दिक आभार प्रकट गर्दछु । साथै सह–संयोजकद्वय LSUK का सल्लाहकार तारा गुरुङ र ईन्द्रजित गुरुङले दिएको सहयोगले सहभागितामा ठूलो प्रोत्साहन मिलेको थियो । उनीहरु ठूलो धन्यबादका पात्र छन् । अझ यो प्रस्तोताले बिर्सनै नहुने एक पात्रको नाम जो ईलमपोखरी समाजका बर्तमान अध्यक्ष, लमजुङ समाजका सल्लाहकार साथै अन्य धेरै समाजहरुमा आबद्ध रहेका समाजसेवी र यसबर्षको लमजुङ समाजको नेतृत्वमा नेपाली मेलाको संयोजकको अभिभारा लिएका सर्जक पूर्णराज गुरुङ जसले समाजको लागि मात्र नभई बिशेष गरी यो नेपाली मेलाको लागि अहोरात्र खटी सम्पूर्ण सामाग्री र बिधाहरुको तयारीको लागि अतुलनीय योगदान दिई लमजुङ समाजको इतिहासमा एक नयाँ ऐतिहासिक पृष्ट थपिनुमा ठूलो भूमिका खेल्नु भएको छ । उनलाई जति धन्यबाद दिएपनि अपुरो नै हुन्छ । मेरो ब्यक्तिगत तर्फबाट र समाजका तमाम सदस्यहरुको तर्फबाट उजलाई हार्दिक आभार प्रकट गर्दै सधन्यबाद दिन चाहन्छु ।

अन्त्यमा हामी नेपालीहरुको राष्ट्रिय तथा मौलिक परम्परा, संस्कृति र पहिचानमा आधारित विविध सरसामान र लोक विधाहरुको सम्र्वद्धन र संरक्षणको लागि “हामी नेपाली, सधैंको नेपाली” भन्ने नारालाई जीवित राख्ने लक्ष लिएर तमुधिं युकेको आयोजना र नेपाली राजदुतावासको साथ र सहयोगमा आयोजना गरिएको यस ऐतिहासिक नेपाली मेलाको कार्यक्रम सम्भवत संसारभरी छरिएर बसेका नेपालीहरुको लागि एक संदेशमूलक र पथदर्शिका नै भएको छ, भन्दा फरक नपर्ला । लमजुङ समाज युकेको तर्फबाट र यो लेख प्रस्तोताको ब्यक्तिगत तर्फबाट आयोजकहरुलाई हार्दिक धन्यवादको साथमा आभार प्रकट गर्दै बधाई दिन चाहन्छु ।

(प्रस्तोता गुरुङ लमजुङ समाज युकेको कार्यसमिति सदस्य एवं सो समाजअन्तर्गत नेपाली मेला तयारी समितिका सहसंयोजक हुन् ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!