मर्दिखोला समाज युकेको अध्यक्षमा धर्मराज

SHARE:

एटा संवाददाता
अल्डरसट । मर्दिखोला समाज युकेको अध्यक्षमा धर्मराज गुरुङ चयन भएका छन् ।


अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा गत २ सेप्टेम्बर आइतबार आयोजित समाजको साधारणसभाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्रसिं गुरुङ, महासचिवमा सुन्दर गुरुङ, सचिवमा भगवान गुरुङ, कोषाध्यक्षमा पूर्णलाल बर्देवा, सहकोषाध्यक्षमा निर्मल गुरुङ, सांस्कृतिक सचिवमा रोशन गुरुङ, फोटोग्राफरमा मिलन तमु र प्रवक्तामा सविन्द्रकुमार गुरुङ चयन भएका छन् । सदस्यहरुमा डा. दिनेश गुरुङ, अमर तामाङ, नवराज गुरुङ र प्रकाश गुरुङ चयन भए ।

त्यस्तै, समाजको आमा समूहको अध्यक्षमा जगना गुरुङ चयन भएकी छन् भने उपाध्यक्षमा पवित्र गुरुङ, सचिवमा लिना गुरुङ, सहसचिवमा उषा गुरुङ, कोषाध्यक्षमा ध्रुव गुरुङ र सहकोषाध्यक्षमा नन्द गुरुङ छनोट भए ।

सदस्यहरुमा शारदा गुरुङ, ललिता गुरुङ र शोभा बर्देवा चयन भएकी छन् । नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक सुर्जे (रामचन्द्र) गुरुङलगायतले खादा लगाई बधाई ज्ञापन गरेका थिए । निर्वाचन मण्डलका सदस्यहरुमा संस्थापक अध्यक्ष क्या.रि. कृष्णबहादुर गुरुङ, ले.रि. पूर्णबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ र हर्कबहादुर गुरुङ रहेका थिए ।

समाजका अध्यक्ष हिरामान गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा संस्थापक अध्यक्ष क्या.रि. कृष्णबहादुर गुरुङ, ले.रि. पूर्णबहादुर गुरुङ, एनआरएनए युकेका पूर्वअध्यक्ष एवं समाजका सल्लाहकार सूर्य गुरुङ, सहारा युकेका अध्यक्ष एवं समाजका सल्लाहकार मिनबहादुर गुरुङ, सल्लाहकार प्रेमबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङलगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

त्यस्तै समाजका सल्लाहकार मिनबहादुर गुरुङ हालै नेपाल ब्रिटेन डटकमको १० औं वार्षिकोत्सवको अवसरमा सम्मानित भएकोमा उनलाई सल्लाहकार एवं जेष्ठ सदस्य ले.रि. पूर्णबहादुर गुरुङले खादा लगाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष हिरामान गुरुङले नवनिर्वाचित अध्यक्षलगायत नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई पूर्ण सफलताको कामना गर्दै बधाई दिए । उनले आप्mनो कार्यकालमा कार्यसमितिलाई साथ र सहयोग गर्नेहरुप्रति धन्यवादसमेत दिए ।

साधारणसभामा समाजका महासचिव धर्मराज गुरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रताप गुरुङले आर्थिक प्रतिवदेन र आमा समूहकी अध्यक्ष माया गुरुङले आमा समूहको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेको निर्वाचन मण्डलका संयोजक सुर्जे (रामचन्द्र) गुरुङले जानकारी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!