अल्डरसटमा इन्फोर्मेशन डे कार्यक्रम हुँदै

SHARE:

अल्डरसट । ग्रेटर रसमोर नेपाली कम्युनिटीले आगामी सेप्टेम्बर २० तारिखमा इन्फोर्मेशन डे आयोजना गर्ने भएको छ ।

नेपालबाट आउने नवआगन्तुक भूपू गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई समेत बेलायतको रहनसहन, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुविधालगायत विषयमा सचेत गराउन कार्यक्रम गर्न लागिएको हो ।

स्थानीय एम्पायर हल अल्डरसटमा बिहान १० बजे सुरु हुने इन्फोर्मेशन डे कार्यक्रमको तयारी पूर्ण भएको ग्रेटर रसमुरले जनाएको छ ।

कार्यक्रमको लागि क्यान इन्टरनेसनल र रसमोर ब्रो काउन्सिलको एक पार्टनरको रुपमा सहयोग रहेको प्रवक्ता प्रमिला राईले बताइन् । उनका अनुसार कार्यक्रमको लागि उपाध्यक्ष नेम थापालाई संयोजक तोकिएको छ ।

कार्यक्रमको अन्तिम तयारीको लागि रसमोर ब्रो काउन्सिल अफिसमा अध्यक्ष जीव बेल्वासे, उपाध्यक्ष नेम थापा र रसमोर कम्युनिटी डेभलभमेन्ट मेनेजर जेमी बिटन समेतको गत सेप्टेम्बर ७ मा बसेको बैठकले सबै कुरा टुंगो लगाएको थियो ।

कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो, रसमोर ब्रो काउन्सिल, स्थानीय प्रहरी, फ्रेमिली पार्क हस्पिटल, रसमोर हेल्थी लिविंग, १० क्यूओजीएलआर, टकप्लस, हाउजिङ्ग, रसमोर फायर एन्ड रेस्क्यु सर्भिस, क्यान इन्टरनेशनल, जीआरएनसीलगायतले छोटकरीमा जानकारी गराउने छन् । काउन्सिल लिडर डेभिड क्लिफोर्डले सम्पूर्ण कार्यक्रम अवलोकन गर्नेछन् ।

जेष्ठ नागरिकहरुको दैनिकी एवं बेलायती जीवनमा जान्नै पर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको कार्यक्रममा करिब ५०० जनाको सहभागिता रहने आशा गरिएको र फानब्रोरो, अल्डरसट मात्र नभई अन्य क्षेत्रबाट समेत सहभागिताका लागि आव्हान गरिएको महासचिव मान गुरुङले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!