नेपाली राजदूतावास लन्डनले भन्यो – ‘कसैलाई प्रवेश निषेध गरिएको छैन’

SHARE:


लन्डन २८ अगस्ट २०२४ । बेलायतस्थित नेपाली राजदूतावासले कसैलाई प्रवेश निषेध नगरिएको प्रस्ट पारेको छ ।

बुधबार विज्ञप्ति प्रकाशित गर्दै राजदूतावासमा प्रवेश निषेध गरिएको भन्दै गरिएको भ्रामक प्रचारप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कसैलाई निषेध नगरिएको जनाएको हो ।

‘विगत केही दिन यता सामाजिक संजालमा राजदूतावासमा प्रवेश निषेध गरिएको भन्दै गरिएको भ्रामक प्रचारप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राजदूतावास बेलायतबासी सम्पूर्ण नेपालीहरुको साझा घर भएको र कसैलाई प्रवेश निषेध नगरिएको स्पष्ट गर्दै यस्तो भ्रामक समाचारलाई विश्वास नगर्नुहुन सम्पूर्णमा अनुरोध गर्दछौं ।’

नेपालको सबैभन्दा पुरानो राजदूतावासको रुपमा रहेको यस राजदूतावास नेपाल-बेलायत सम्बन्ध सुदृढ गर्ने तथा यहाँ रहेका नेपालीहरुको हित संरक्षण तथा प्रवर्द्धनका लागि सदैव कार्य गरिरहेको छ । नेपाल-बेलायत द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानलाई नेपाल सरकार तथा राजदूतावासले उच्च सम्मान प्रकट गर्दै आएको छ । सीमित श्रोत र साधनका बावजुद बेलायतमा बढ्दै गएको नेपाली समुदायलाई सरल र सहजरुपमा कन्सुलर सेवाहरु प्रदान गर्न राजदूतावास कटिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!