गण्डकी प्रदेशका सांसद आलेलाई तनहुँ समाज युकेको स्वागत तथा सम्मान

SHARE:

लन्डन २९ अगस्ट २०२४ । तनहुँ समाज युकेले गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेश सांसद जित प्रकाश आले मगर तथा उनकी धर्मपत्नी शारदा देवी आले मगरलाई स्वागत तथा सम्मान गरेको छ ।

बेलायत भ्रमणमा रहेका सांसद मगरको सम्मानमा २५ अगष्टका साँझ रात्रिभोजको आयोजना गरिएको थियो । सो अवसरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष केशर रानाको अध्यक्षता तथा महासचिव बोदविक्रम थापाले सन्चालन गरेका थिए ।

कार्यक्रममा संरक्षक लेख गुरुङ, वरिष्ठ सल्लाहकारहरु रन्जन मल्ल, मेजर लोक गुरुङ, वरिष्ठ उपाध्यक्ष बेदराज पराजुली, सचिवव श्रीमती देवी आले, सदस्य डा प्रकाश गौतम गौतम, केशवटार समाज र किहुँ समाजका अध्यक्षद्वय रुक आले र ऋषि राना लगायत २० जना बढी सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरवातमा उपस्थित सदस्यहरूको आआफ्नो परिचयपछि सांसद मगरले नेपालको वर्तमान अवस्था,चुनौती र विविध समसामयिक विषयमा प्रकाश पारे भने उपस्थित बहुसंख्यक सदस्यहरुले देशको विविध समस्या र संभावित उपाय विकल्पहरुको बारेमा पूर्वमन्त्रीसमक्ष आआफ्नो धारणा राखे ।

वरिष्ठ सल्लाहकार मेजर लोक गुरुङले ब्रिगेड अफ गोर्खाजको अवस्था सन १८१५ देखि २०२४ सम्मको स्थितिबारे महत्वपूर्ण जानकारी दिए ।

अन्तरक्रियापश्चात् अतिथिहरूलाई तनहुँ समाज युकेको तर्फबाट संझनाको लागि मायाको चिनो र उपहार हस्तान्तरण गरिएको थियो ।

यति छोटो सूचना र अति व्यस्तताको बावजुद उपस्थित सबैमा अध्यक्ष रानाले धन्यवाद ज्ञापन गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!