बेलायतमा नेपाली विद्यार्थीद्वारा आत्महत्या, शव नेपाल पठाउन सहयोग उठाइँदै

SHARE:

लण्डन ३० अगस्ट २०२४ । बेलायतको युनिभर्सिटी कलेज बर्मिङघममा स्नातक तहमा अध्ययनरत विनिता चौलागाईले आत्महत्या गरेकी छिन् ।

उनले सोमबार (अगष्ट २६) बिहान आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको बुझिएको छ ।

निजगढ बाराकी २२ वर्षीया चौलागाई गतवर्ष उच्चशिक्षा अध्ययनका लागि बेलायत आएकी थिइन् । उनी फूलबहादुर चौलागाई र रुकु कुमारी चौलागाईको छोरी हुन् ।

उनको शव नेपाल पठाउनका लागि उनका साथीहरुले कोष संकलन शुरु गरेका छन् ।

बेलायतका लागि नेपालकी कार्यबाहक राजदुत श्रीमती रोशन खनालले चौलागाईको मृत्युका बारेमा दुताबासमा जानकारी आएको र नेपालमा रहेका परिवार तथा बेलायतमा रहेका विनिताका साथीहरुसित समन्वय गरिरहेको जानकारी दिइन् ।

उनले विनिताले युनिभर्सिटीलाई पूरा शुल्क बुझाइसकेको भए सो शुल्क फिर्ताका लागि दुताबासले पहल गर्ने पनि बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!