हर्मिटेज नेपाली ग्रुपले मनाए हरितालिका तिज

SHARE:

 

०६ सेप्टेम्बर २०२४ – बेलायत। हर्मिटेज नेपाली ग्रुपले न्यूबरीको हर्मिटेज कम्युनिटी सेन्टरमा हरितालिका तिज भब्यतापुर्बक मनाएका छन्

२ सेक्सन कमान्डर कर्पोरल जीवन गुरुङको संयोजकतामा आयोजित हरितालिका तिज कार्यक्रममा, डेनिसन ब्यारेकका सुरक्षा निकायका सदस्यहरु तथा उनका परिवारहरु उपस्थित थिए।

उक्त कार्यक्रममा पदोन्नति भएका सदस्यहरु कर्पोरल जीवन गुरुङ, कर्पोरल युबेन माबोहाङ, लान्स कर्पोरल सुमन लिम्बु, लान्स कर्पोरल कुमार गुरुङ, लान्स कर्पोरल बिक्रम गुरुङ र उनीहरुका प्राण भन्दा प्यारो धर्मपत्नीहरुलाई कर्पोरल योग गुरुङले खडा लगाएर सम्मान गरेका थिए ।

कर्पोरल योग गुरुङले टु सेक्सनका सेक्सनका सेक्सन कमान्डर जीवन गुरुङ र उनका सदस्यहरुले प्रतिकुल मौसमको बाबजुद पनि स्वादिष्ट खाना र पेय पदार्थको ब्यबस्थापन गरेकोमा हार्दिक धन्यवाद दिएका छन् ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरुको सामुहिक निर्णय अनुसार दशैं तिहारको संयुक्त कार्यक्रम १ नोवेम्बर २०२४ मा आयोजना गरिने निर्णय कर्पोरल योग गुरुङले जानकारी दिएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!