यसरी भयो तमु प्ये ल्हु संघ युकेबाट कलाकारहरू सबिना, लक्ष्मी र उषा गुरूङको सम्मान तथा बिदाइ

SHARE:

लन्डन ९ सेप्टेम्बर २०२४ । तमु प्ये ल्हु संघ युकेले बेलायतको सांगीतिक भ्रमणमा नेपालबाट आएका कलाकारहरुलाई सम्मान तथा बिदाइ गरेको छ ।

गत शनिबार ७ सेप्टेम्बर २०२४ मा लोक तथा दोहोरी गायिका सविना प्हच्यु तमु, नायिका तथा मोडल लक्ष्मी कोके तमु र गायिका उषा प्ल्हेँ तमुलाई औपचारिक रुपमा भेटघाट, सम्मान तथा बिदाइ गरिएको हो ।

बेलायतमा र नेपालमा रहँदा उनी (कलाकार)हरुले विभिन्न सांगीतिक कार्यक्रमहरुमा दिएको प्रस्तुतिहरुले तमु जातिको भाषा, भेषभुषा तथा कला र संस्कृतिको जगेर्णा गर्ने कार्यमा टेवा दिएको ठहर गर्दै तमु प्ये ल्हु संघले सम्मान गरेको जनाएको छ । कलाकार भेटघाटको क्रममा आमा समूहकी अध्यक्ष बविता प्हच्यु तमुले पछ्यौरा ओढाएर क्होँईवोँ ब्याज लगाइएकी थिइन् संघको प्रथम महिला चन्द्रसुबा मैन् तमुले पुष्पागुच्छा दिएर सम्मान गरेकी थिइन् । त्यसैगरी प्रमुख सल्लाहकारको हातबाट उपहार प्रदान गरिएको थियो भने संघका अध्यक्ष क्या. (रि) डेम बहादुर योज तमुले प्रशंसापत्र प्रदान गरेका थिए ।

सम्मान तथा बिदाईलाई जोड्दै तमु प्ये ल्हु संघ युकेका आमा समूहको संस्थापक अध्यक्ष पार्वती पर्जु तमुले नगद उपहार दिएकी थिइन् ।

भ्रमणलाई बिट मार्दै स्वदेश फर्किने तयारीमा रहेकोले संस्थाको तर्फबाट कलाकारहरुलाई बिदाई पनि गरेको छ । बेलायतमा रहँदा कलाकारहरुले दिएको विभिन्न रमाइलो प्रस्तुतिहरुको सम्झना गर्दै अध्यक्ष क्या. (रि) डेम बहादुर योज तमुले कलाकारहरुले तमु भेषभुषा लगाएर, तमु भाषा बोलेर, तमु भाषाको गीत गाएर तमु भाषा, भेषभुषा तथा कला-संस्कृतिको संरक्षण र प्रवर्द्धन कार्यमा टेवा दिएको बताए । जो जुन क्षेत्रमा भए पनि आ-आफ्नो क्षेत्रबाट तमु धर्म, भाषा, संस्कार संस्कृति तथा भेषभुषा जगेर्नाको लागि आफूले सक्ने योगदान दिन अत्यावश्यक रहेको भन्दै गीत-संगीत तथा कलाकारिता क्षेत्रबाट पनि सबै तमु कलाकारहरुले आफूले सक्दो योगदान दिन अनुरोध गर्दै अध्यक्ष तमुले बेलायतको सांगीतिक भ्रमणको क्रममा कलाकारहरु सविना, लक्ष्मी र उषाले दिएको प्रस्तुतिहरुको सराहना गर्दै धन्यवाद प्रकट गरे ।

कलाकारहरुको प्रतिनिधित्व गर्दै सविना प्हच्यु तमुले कलाकारहरुलाई धेरै माया, आशीर्वाद र सद्भाव दिएकोले विदेशमा पनि एक्लो र नौलो महसुस नभएको भन्दै आयोजक र उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् ।

सविना, लक्ष्मी र उषा आ-आफ्नो निर्धारित समयअनुसार यही सेप्टेम्बर महिनामै नेपाल फर्किने तयारीमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!