
लन्डन १० सेप्टेम्बर २०२४ । प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको दक्षिण पूर्व (साउथ इस्ट) इलाका कमिटी अध्यक्षमा राममाया विष्ट निर्वाचित भएकी छिन् ।
साउथ इस्टस्थित वीलवुचमा आइतबार सम्पन्न छैटौं अधिवेशनले विस्टको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । साउथ इस्टमा विष्ट पहिलो महिला अध्यक्ष हुन् । यसअघि पुरुषहरु नै अध्यक्ष भएका थिए ।
कार्यसमिति उपाध्यक्षमा करुणा हमाल, सचिवमा जीबिका नहर्की, उपसचिवमा राजेन्द्र लम्साल तथा सदस्यहरुमा रत्ना हमाल शाही, लिलाराम सापकोटा, सन्तोष गिरी, अनिस थपलिया, नबिन भट्ट, थर्क सिंह खड्का, किरण अधिकारी र मनिषा खड्का छन । तीन जना सदस्य पछि कार्यसमितिले थप गर्नेछ । नव निर्वाचित अध्यक्ष विष्टसहित कार्यसमिति लाई ओएनएफ अन्तरराष्ट्रिय कमिटीका उपसचिव तथा अधिवेशनका प्रमुख अतिथि कर्ण शाहीले शपथ ग्रहण गराएका थिए ।
निर्वाचन समिति संयोजक केदार थपलियाले सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको जानकारी अधिवेशनलाई गराए । निर्वाचनका लागि संयोजक थपलिया तथा सदस्यद्वय ओएनएफ यूके उपाध्यक्ष डा मुकुन्द बास्तोला र सचिब पुण्य रेग्मी भएको समित गठन गरिएको थियो ।
यसैबीच, अध्यक्ष विष्टले निर्वाचित भए लगत्तै सबै सँग हातेमालो गरेर अघि बढने प्रतिबद्धता जनाइन् । नवनिर्वाचित कार्यसमितिलाई ओएनएफ अन्तरराष्ट्रिय कमिटी सदस्य कल्पना त्रिपाठी, उपसचिव कर्ण शाही र ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले शुभकामना दिएका थिए ।
यसअघि, निवर्तमान अध्यक्ष अर्कराज तिमल्सिनाले विगतमा गरेका काम र आगामी दिनमा गर्न सक्ने कामका बारेमा सुझाव दिए । सचिव पंकज बजगाईले कार्य प्रगति विवरण पेश गरेका थिए । उक्त प्रतिवेदन सर्वसम्मत ढंगले पारित भएको थियो । अधिवेशनमा पूर्वअध्यक्ष दिनेश घिमिरे, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार विनोद ज्ञवाली, उपाध्यक्षद्वय डा.मुकुन्द बास्तोला, सुरेश जंग शाहलगायतको अधिवेशनमा उपस्थिति थियो ।






