
लन्डन १३ सेप्टेम्बर २०२४ । तमु धीं यूकेको १५ औं संस्करणको नेपाली मेला समीक्षा बैठक ११ तरिखमा जुम मार्फत बसेको थियो ।
डा विशाल गुरुङले बैठक सञ्चालन र अध्यक्ष हरि गुरुङले अध्यक्षतामा भयो । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले दिएका दिए । सबैभन्दा पहिले मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले मेलाको राम्रो, नराम्रो विषय संक्षिप्त रुपमा राखेका थिए । कोषाध्यक्ष दिलमाया गुरुङले आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
नेपाली मेलामा राखिएको खानाको स्टलले राम्रो सफा नगरेको कारणले तमु धींले यस वर्ष धेरै थप खर्च तिर्नुपरेको कुरामा पनि छलफल भएको थियो । धेरै खर्च भए पनि मान्छे धेरै सहभागीले गर्दा केही रक़म परोपकारी क़ामको लागि संकलन भएको छ।
अध्यक्ष गुरुङले राम्रो नराम्रो मनन गरेर अगाडि बढ्नु पर्ने भनेका थिए । बैठकमा तमु धीं यूकेको आगामी कार्यक्रमहरु २२ सेप्टेम्बरमा डा हर्क गुरुङ, डा. चन्द्र गुरुङ स्मृति दिवस, २२ सेप्टेम्बरमा मनाउँदै छ तमु धीं भवनमै ।
आजीवन सदस्य रात्रिभोज १९ अक्टोबरमा हुँदैछ । आजीवन सदस्य रात्रिभोज संयोजक वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरूङले जनकारी दिएका थिए । तमु धीं युकेले २५ औं वर्ष रजतसहित ल्होछार बृहत् रूपमा मनाउने कुरा अध्यक्ष र सल्लाहकार समितिका संयोजक तथा संस्थापक अध्यक्ष मिनप्रसाद गुरूङले २५ जनाको टिम मिलाएर यस वर्ष बृहत् रूपमा ल्होछारसँगै मनाउन अरू गुरूङ गाऊले समाजहरूलाई पनि समेट्ने कोसिस रहेको जानकारी दिए ।
यस वर्ष तमुधींले विशेषांक स्मारिका फ्रेँसी पनि निकाल्न ट्रस्टी एकेन्द्र गुरूङलाई संयोजक चुनिएको कुरा पनि स्पस्ट पारिएको थियो । जुममा करिब ५० जनाको सहभागिता रहेको थियो।






