लन्डन १५ सेप्टेम्बर २०२४ । किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमलाकुमारी लिम्बु निर्वाचित भएकी छन् ।
हन्स्लो लन्डनमा १३ र १४ सेप्टेम्बरमा आयोजित ११ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट ४ सय ३९ मतसहित कमला अध्यक्षमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी गणेश इजमले ३ सय ४९ र अमृता पालुङ्वाले ८५ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षहरुमा शान्ताकुमार हुक्पा चोङबाङ, दिपेन्द्र याक्सो र राजेन लाबुङ निर्वाचित भएका छन् । शान्ताले ४ सय ४ मत, दिपेन्द्र ३ सय ९०, राजन ३ सय ७७ र विजय लिङ्देन ३ सय १५ मत प्राप्त गरेको निर्वाचन मण्डल अध्यक्ष मेजर रिटायर्ड चितराज चोङ्बाङ लिम्बूले जानकारी दिए ।
महिला उपाध्यक्ष सानु सुब्बा निर्विरोध निर्बाचित भइन् ।
महासचिवमा विश्वासदीप तिगेला निर्वाचित भएका छन् । उनले ४ सय १५ मत प्राप्त गर्दै जुरेन्द्र खजुमलाई पराजित गरे । जुरेन्द्रले ३ सय ९८ मात्रै मत ल्याएका थिए ।
सचिवमा महेशकुमार वनेम ३ सय ८० मतका साथ विजयी बने । उनका प्रतिस्पर्धी लाहाङ चेम्जोङले ३ सय ४४ मत ल्याएका थिए । कोषाध्यक्षमा खगेन्द्र लावती निर्वाचित भए । उनले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी धनकुमार काम्बाङले ३ सय ३४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
महिला सह-सचिव सकुन्तला नेम्बाङ पनि निर्विरोध भइन् ।
सहकोषाध्यक्षमा भने सबिता लाबुङ लिम्बु निर्विरोध भएका छन् ।
निर्वाचन मण्डलमा मेजर रिटायर्ड चितराज चोङ्बाङ लिम्बू अध्यक्ष,
सदस्यहरू ले. रि सिरी लिम्बु, दुर्गा पाङ्ममा र सचिव नर थाम्सुहाङ रहेका थिए ।
निर्वाचन मण्डल अध्यक्ष चोङ्बाङ्ले नवनिर्वाचित कार्यसमितिलाई लिम्बु भाषामा पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
अध्यक्ष चोङ्बाङले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए । यस्तै गणेश इजमले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए ।







