आफूबाट अलग भएका भाइ ह्यारीलाई बेलायतका प्रिन्स विलियमले दिए जन्मदिनको शुभकामना

SHARE:

लन्डन १५ सेप्टेम्बर २०२४ । बेलायतका प्रिन्स विलियमले आफूबाट अलग भएका भाइ ह्यारीलाई जन्मदिनको शुभकामना दिएका छ । राजा चार्ल्स तृतीयका कान्छा छोरा ह्यारी आइतबार ४० वर्ष पुगेका छन् ।

ह्यारी र उनकी श्रीमती मेघन मार्कलले शाही जीवन त्यागेर सन् २०२० मा क्यालिफोर्निया गएपछि उनको परिवारसँगको सम्बन्ध अझ बिग्रिएको छ । सन् १९९७ मा आमा राजकुमारी डायनाको मृत्यु भएपछि विलियम र ह्यारी एकअर्काका नजिक थिए । तर बेलायती सञ्चारमाध्यमका अनुसार उनीहरूले दुई वर्षदेखि एकआपसमा कुराकानी गरेको छैन ।

विलियम र उनकी श्रीमती क्याथरिनको आधिकारिक एक्स अकाउन्टमा ह्यारीको शाही उपाधिलाई उल्लेख गर्दै गरिएको पोस्टमा भनिएको छ, “ड्युक अफ ससेक्सलाई ४०औँ जन्मदिनको शुभकामना ।”

यसले शाही परिवारको एक्स अकाउन्टमा लेखिएको पहिलेको सन्देशलाई साझा गरेको छ । शाही परिवारको यसअघिको सन्देशमा लेखिएको छ, “ड्युक अफ ससेक्सलाई ४०औँ जन्मदिनको शुभकामना ।” उक्त पोस्टका साथमा मुस्कुराएको ह्यारीको फोटो र जन्मदिनको केकको इमोजी पनि थियो ।

बेलायती सञ्चारमाध्यमका अनुसार सन् २०२१ पछि ह्यारीका लागि शाही परिवारको अकाउन्टबाट पोस्ट गरिएको यो पहिलो सार्वजनिक जन्मदिन सन्देश हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!