बेलायतबाट नेपाल फर्किए राप्रपा अध्यक्ष लिङ्देनलगायत नेता

SHARE:


लन्डन २७ सेप्टेम्बर २०२४ । बेलायत भ्रमण सकेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू बिहीबार नेपाल फर्किएका छन् ।

पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको निमन्त्रणामा गत शनिबार बेलायत आएका लिङ्देन नेतृत्वको टोली यहाँ विभिन्न कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएको हो । उनीहरुलाई प्रवासी नेपाली एकता समाज यूकेका पदाधिकारी, सदस्य लगायतले विमानस्थल पुगेर बिदाइ गरेका थिए ।

अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा उनकी धर्मपत्नी सीता थापा लिङ्देन, प्रमुख सचेतक ज्ञानबहादुर शाही, केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की सहभागी छन् ।

अध्यक्ष लिङ्देन नेतृत्वको बेलायत भ्रमणमा आएका नेताहरु शुक्रबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् ।

उनीहरुलाई त्रिभुवन विमानस्थलमा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङ, कोषाध्यक्ष निलकण्ठ काफ्ले, केन्द्रीय सदस्य सरस्वती लामा, युवा संगठनकी कोषाध्यक्ष अनिता बिमलीलगायतले स्वागत गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!